पेस्तोलसहित स्याङ्जाबाट १ जना पक्राउ | Khabarhub Khabarhub

पेस्तोलसहित स्याङ्जाबाट १ जना पक्राउ


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले हातहतियारसहित स्याङ्जाबाट १ जनालाई पक्राउ गरेको छ ।

स्याङ्जाको हरिनास गाउँपालिका–६ गैराखोला बस्ने ३६ वर्षीय नारायण मानन्धर १ थान पेस्तोलसहित पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले मानन्धरलाई उनकै घरबाट पक्राउ गरेको हो ।

घरमा खानतलासी गर्ने क्रममा पेस्तोल भेटिएपछि प्रहरीले मानन्धरलाई पक्राउ गरेको हो ।

यस्तै, सिन्धुलीको मरिण गाउँपालिका–३ नक्कलेस्थित जंगलबाट १ थान भरुवा बन्दुक बरामद भएको छ ।

बन्दुक बोकेका व्यक्ति भने भाग्न सफल भएका छन् ।

जंगलमा हतियारसहितका व्यक्ति रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी टोली खटिएको थियो ।

तर, बन्दुक बोकेका व्यक्ति भने भाग्न सफल भएका छन् । प्रहरीले फरार व्यक्तिको खोजी जारी रहेका जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ३ : ३१ बजे

‘वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन’

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा

प्रियदर्शनले गरे रिटायरमेन्टको संकेत, ‘हैवान’ र ‘हेरा फेरी ३’ अन्तिम प्रोजेक्ट

काठमाडौं – कमेडी र परिवारिक ड्रामा फिल्मका लागि प्रसिद्ध भारतीय

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका