धनगढीमा चीनबाट फर्किएका एक युवामा कोरोनाको आशंका, सेती अस्पतालमा भर्ना « Khabarhub

धनगढीमा चीनबाट फर्किएका एक युवामा कोरोनाको आशंका, सेती अस्पतालमा भर्ना


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- धनगढीका एक युवालाई कोरोना भाइरसकाे आश‌ंकामा सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।

हालै चीनबाट नेपाल फर्किएका उनीलाई ज्वरो आउने तथा घाटी दुख्ने समस्या देखिएपछि कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना  गरिएको हो ।

बुधबार अस्पताल भर्ना भएका उनको छुट्टै कक्षमा चेक जाँच शुरु भएको सेती प्रादेशिक अस्पतालका इमरजेन्सी विभाग प्रमुख डाक्टर जगदीश प्रसाद जोशीले बताए ।

कोरोना भाइसरको सङ्क्रमण भएको आशंकामा उनको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउने तयारी भइरहेको डाक्टर जोशीले जानकारी दिए ।

गत शनिबार पनि एक युवा कोरोना भाइरसको आशंका गर्दै अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ७ : ३६ बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी