ज्येष्ठ नागरिकको हकहित र सुरक्षाप्रति प्रदेश सरकार चिन्तितः मुख्यमन्त्री राई « Khabarhub

ज्येष्ठ नागरिकको हकहित र सुरक्षाप्रति प्रदेश सरकार चिन्तितः मुख्यमन्त्री राई


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ज्येष्ठ नागरिकको हकहित र सुरक्षाप्रति चिन्तित रहेको बताएका छन् ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा ९० वर्ष माथिका ज्येष्ठ नागरिक सम्मान तथा प्रोत्साहन भत्ता वितरण कार्यक्रममा आज उनले १०४ वर्षीय चित्रलेखा श्रेष्ठ, १०१ वर्षीया शुभकुमारी उपाध्याय, एक सय वर्षीया कृष्णमाया खड्का र १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई नगद रु पाँच हजार, दोसल्ला, उपहारकासाथ सम्मान गरे ।

प्रदेश सरकारले ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई वार्षिक रु पाँच हजार प्रोत्साह भत्ता उपलव्ध गराउने घोषणा अनुरुप आजदेखि सो कार्यको शुभारम्भ गरिएको हो ।

उनले सङ्घीयताको सफल कार्यान्वयनले विकासको लहर दुर्गम र जनतामा पुगी जनताले चाहेको सुखी नेपालीको आकाँक्षा पूरा हुने धारणा राखे ।

सङ्घीयताले हिमालदेखि तराई, जातजातिबीच एकता, विभेद् अन्त्य, पहिचान र नेतृत्व कायम गरी जनताको घरदैलोमा सेवा सुविधा उपलव्धता गराएको जानकारी दिए ।

मुख्यमन्त्री राईले प्रदेश सरकार जनताको सुखदुःखमा उपस्थित हुने बताउँदै सङ्घीयतामा जनताको घरदैलोमा २४ घण्टा सरकारको उपस्थिति हुने विचार व्यक्त गरे । उनले प्रदेश सरकारले योजनाबद्ध ढंगबाट विकास निर्माणको कार्य अगाडि बढाएकाले अहिले दुई वर्षको सफल उपलब्धिका साथ सरकार अगाडि बढिरहेको बताए ।

उनले प्रदेश सरकारले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव ग्रहण गरी नयाँ पुस्तामा हस्तान्तरण गरी विकास र समृद्ध कार्यको लक्ष्य पूरा गर्न आगाडि बढिरहेको जानकारी दिए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले ज्येष्ठ नागरिक गृह बनाउनका लागि मोरङको ग्रामथान गाउँपालिकामा ११ बिघा जग्गा खरीद गरी विस्तृत अध्ययन प्रतिवेदनका आधारमा निर्माणकार्य यस वर्षदेखि शुरु गरिने बताए ।

उनले ज्येष्ठ नागरिकलाई निजी क्षेत्रको अस्पतालमा तोकिएको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट भएकोले उपयोग गर्न आग्रह गर्दै सार्वजनिक यातायातका साधनमा ज्येष्ठ नागरिकको सिट आरक्षण कडाइका साथै कार्यान्वयन गरिने धारणा व्यक्त गरे ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले ज्येष्ठ नागरिक अनुभवको सङ्गालो भएकोले राज्यले सम्मान गर्नु कर्तव्य भएको धारणा राखेका थिए ।

सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई, प्रदेश ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष भवानीप्रसाद दाहाललगायतले संविधान अनुसार ज्येष्ठ नागरिकको सम्मान भएकोमा खुशी व्यक्त गरे ।

ज्येष्ठ नागरिक

आज सम्मानित हुने ज्येष्ठ नागरिक विराटनगर–७ निवासी १०४ वर्षीया चित्रलेखा श्रेष्ठले प्रदेश सरकारबाट आज सम्मान पाउँदा आफ्नो घरदैलोमा सरकार भएको अनुभूति भएको बताइन् ।  ज्येष्ठ नागरिक १०१ वर्षीय नारायणप्रसाद रेग्मीले मुलुकमा सङ्घीयता कार्यान्वयनबाट आज सम्मान पाउँदा खुशी लागेको बताए ।

यसैगरी विराटनगर–३ निवासी १०० वर्षीया कृष्णमाया खड्काले सम्मानले ज्यादै खुशी लागेको बताउँदै आगामी दिनमा यसरी अरुलाई सम्मानको गर्नुपर्नेमा जोड दिइन् ।  विराटनगर– ९ निवासी १०१ वर्षीया शुभकुमारी उपाध्यायले ज्येष्ठ नागरिकले सरकार भएको अनुभूति हुने कार्य प्रदेश सरकारले गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा ज्येष्ठ नागरिकको हक हितका लागि थप कार्य हुने विश्वास व्यक्त गरिन् ।

प्रदेश नं १ को ४४ स्थानीय निकायको उपलब्ध तथ्याङ्क अनुसार ९० वर्ष माथिका दुई हजार ७ ज्येष्ठ नागरिक रहेकामा विराटनगर महानगरपालिकाभित्र ३ सय १६ जना रहेको सोही अवसरमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ८ : ०७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर