‘सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक’ « Khabarhub

‘सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक’


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय आकांक्षा प्राप्त गर्नका लागि सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक भएको बताएका छन् ।

सडक विभाग र सिमेन्ट व्यवसायी सङ्घ नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तर्क्रियामा उनले लगानी र अनुभव दुबैमा सहकार्य हुनुपर्ने बताए ।

उनले भौतिक पूर्वाधार छिटो र गुणस्तरीय नहुँदासम्म राष्ट्रिय आकांक्षा पूरा नहुने पनि बताए ।

सरकारले देश धनी बनाएर जनतालाई सुखी बनाउन कृषि, उद्योग, पर्यटन र पूर्वाधालाई ध्यान दिइरहेको उनको भनाइ थियो ।

“सिमेन्टको उत्पादन बढेपनि अझै पनि गुणस्तरिय उत्पादन नभएको टिप्पणी आइरहेको छ,” उपप्रधानमन्त्री पोखरेलले भने ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले देशभित्र सिमेन्टको उत्पादन बढिरहेकाले त्यसको खपत बढाउन सडक निर्माणमा प्रयोगको सम्भावना रहेको बताए ।

कङ्क्रिट सडक निर्माण गर्दा हुने फाइदा र बेफाइदाका बारेमा विस्तृत रुपमा अध्ययन गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । पहिले सिमेन्ट चाहिँदा केही समय पहिले नै ‘बुकिङ’ गर्नुपर्ने अवस्थाबाट अहिले आत्मनिर्भरको अवस्थामा आउनु सकारात्मक कुरा भएको उनले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको बताए ।

प्रधानमन्त्रीका विकास समन्वय विज्ञ गजेन्द्र थपलियाले कुनै पनि क्षेत्रमा लगानी गर्नु पहिले व्यवसायीले त्यस क्षेत्रमा हुनसक्ने चुनौतीका विषयमा ध्यान दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : १५ बजे

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन