‘सीप हुन्छ हातमा, रोजगारी साथमा’ अभियान शुरु | Khabarhub Khabarhub

‘सीप हुन्छ हातमा, रोजगारी साथमा’ अभियान शुरु


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- “सीप हुन्छ हातमा रोजगारी साथमा” भन्ने नारासाथ पोखरामा प्राविधिक तथा व्यावसायिक शिक्षाको बारेमा जनसचेतना अभियानको शुभारम्भ भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् पोखरा प्राविधिक शिक्षालयमार्फत जनचेतना अभियान सञ्चालन गरिएको हो ।

देशका तीन ठाउँबाट पाइलट प्रोजेक्टको रुपमा शुरु यस अभियानको आज पोखरामा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले शुभारम्भ गरे ।

उनले अबको युग सीप र प्रविधिको युग भएकाले सीपमा पनि नवीनतम सोच आवश्यक रहेको बताए । परिषदका, सूचना तथा अनुसन्धान महाशाखाका उपनिर्देशक अनिल ब्रजाचार्यले सिटिभिटीले वार्षिक ७४ हजार ८६३ लामो अवधिको भर्ना क्षमता र ५० हजार छोटो अवधिको तालीम सञ्चालन गरेको जानकारी दिए ।

पोखरा प्राविधिक शिक्षालयका प्राचार्य जीवन भण्डारीले पोखरा देशमा उत्कृष्ट प्राविधिक जनशक्ति उत्पादन गर्ने पर्यटन प्राविधिक शिक्षालयको रुपमा रहेको बताए । उनले पर्यटन क्षेत्रमा उत्कृष्टता केन्द्रको रुपमा विकास गर्ने उद्देश्यसहित अघि बढेको बताए ।

कार्यक्रम टान पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले सिजनात्मक सीप मात्र बजारमा बिक्ने बताए । फोरम फर टेक्निकल एजुकेशनका गण्डकी प्रदेश प्रमुख टङ्क अधिकारीले प्राविधिक शिक्षामा गरिएको लगानीलाई खेर जान नदिन रोजगारप्रदायक संस्थासँग समन्वय गरेर रोजगारको क्षेत्र विस्तार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ८ : ५७ बजे

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

भोजपुर– कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि

एक महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टा नाकाबाट एक अर्ब

‘वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन’

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा