म्यानहन्ट इन्टरनेशनलमा मिस्टर पर्सनालिटीको उपाधि नेपाललाई « Khabarhub

म्यानहन्ट इन्टरनेशनलमा मिस्टर पर्सनालिटीको उपाधि नेपाललाई


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१९ का विजेता विवेश श्रेष्ठले फिलिपिन्समा आयोजित म्यानहन्ट इन्टरनेशनलको २९ औ संस्करणमा मिस्टर पर्सनालिटीको प्रतिष्ठित उपाधि जितेका छन्।

डाबर नेपालको कर्पोरेट कार्यालयमा आयोजित एक समारोहका बीच डाबर नेपालका सेल्स तथा मार्केटिङ प्रमुख उपेन्द्र प्रधान र मार्केटिङ्ग प्रमुख अभय गोर्खालीले श्रेष्ठलाई उनको विशेष उपलब्धीका लागि बधाई दिँदै सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा डाबर नेपालले श्रेष्ठलाई आफ्नो ब्रान्ड प्रोस्टाइलको ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ ।

श्रेष्ठले प्रतियोगिताको अनुभवहरु सुनाउँदै आफूले ३५ देशका प्रतियोगीहरु मध्ये यो उपाधि जित्दा आफुलाई गर्व महसुस भएको कुरा बताए ।

उनले आफूलाई यस यात्रामा साथदिने सबै जनामा कृतज्ञता ज्ञापन गरेका छन् । यसका साथै डाबर नेपाललाई निरन्तर साथ र अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने मौका प्रदान गरेकोमा आभार प्रकट गरेका छन्।

विगत ६ वर्षदेखि डाबर नेपालको पुरुष लक्षित ब्रान्ड प्रोस्टाइल र ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले संयुक्त रुपमा प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल सञ्चालन गर्दै आएको छ ।

यस वर्षको म्यानहन्ट इन्टरनेशनल नेपालको सातौ संस्करणमा पनि प्रोस्टाइलले ग्रुप अफ इभेन्ट इन्टरटेनर्ससंग संयुक्त रुपमा सञ्चालन गर्न लागेको छ ।

यस कार्यक्रमको फाइनल आउँदो चैत १२ गते हुनेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १० : ३० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले