बलात्कारको आरोप लागेका हलिउड निर्माता हार्वी वाइनस्टिनलाई २३ वर्ष कैद « Khabarhub

बलात्कारको आरोप लागेका हलिउड निर्माता हार्वी वाइनस्टिनलाई २३ वर्ष कैद


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – बलात्कार तया यौन उत्पीडनको आरोप लागेका हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिनलाई २३ वर्ष कैद सजायको फैसला सुनाइएको छ । न्युओर्कको एक अदालतले हार्वीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

मिटु मुभमेन्टका बेला हलिउडकर्मी महिलाहरुले उनीमाथि यौन हिंसा गरेको आरोप लगाएका थिए । यसलाई मिटु मुभमेन्टसँग जोडिएका महिलाहरूले स्वागत गरेका छन् ।

यसअघि नै अदालतले दोषी ठहर गरेका हार्वीलाई वकिलहरुले अदालतमा फैसला घटाउन माग गरे पनि विपक्षमा खडा भएका वकिलहरूले हदैसम्मको सजाय हुनुपर्ने माग गरेका थिए ।

हार्वीलाई २५ वर्षसम्म जेल सजाय हुनसक्ने बताइएको थियो । उनीमाथि ८० महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए ।

हलिउडका यी चर्चित निर्माताले गुड विल हन्टिङ्, द किङ्ग्स स्पीच र शेक्सपियर इन लभ लगायतका फिल्म निर्माण गरेका थिए । यता वाइन्सटिनले भने यी सबै आरोपको खण्डन गर्दै आएका थिए ।

हार्भीमाथि अभिनेत्री बन्न चाहने एक कलाकारलाई बलात्कार गरेको र सन् २००६ मा तत्कालीन उत्पादन सहायकलाई कुटेको आरोप समेत लागेको थियो । यही मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १ : ४५ बजे

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका