इरान विरुद्ध सैनिक कारबाही रोक्न अमेरिकी संसदको प्रस्ताव « Khabarhub

इरान विरुद्ध सैनिक कारबाही रोक्न अमेरिकी संसदको प्रस्ताव


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार इरान विरुद्ध सैनिक प्रयोग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती गर्ने एक प्रस्तावलाई पारित गरेको छ ।

उक्त प्रस्तावलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गर्न सक्ने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन् ।

संसदमा भएको मतदानमा राष्ट्रपतिको अधिकार कटौती सम्बन्धी प्रस्तावको पक्षमा २२७ र विपक्षमा १८६ मत परेको थियो । डेमोक्रेटिक पार्टीको बहुमत रहेको तल्लो सदनमा सांसदहरुले पार्टी लाइन अनुसार नै मतदान गरेका थिए ।

तल्लो सदनले पारित गरेको उक्त प्रस्तावमा कङ्ग्रेस (संसद) को स्वीकृति बेगर इरान विरुद्ध अमेरिकी फौज परिचालन गर्न नपाइने उल्लेख छ ।

यस्तै प्रस्ताव रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटले गत महिना पारित गरेको थियो ।

जानकारहरुका अनुसार राष्ट्रपतिले संसदबाट पारित प्रस्ताव विरुद्ध विशेषाधिकार (भिटो) प्रयोग गर्न सक्ने र राष्ट्रपतिको विशेषाधिकारलाई नकार्न संसदमा डेमोक्रेटिक पार्टीको पर्याप्त मत छैन ।

इरानी सैनिक कमान्डर कासिम सुलेमानी इराकको बग्दादमा अमेरिकी कारबाहीमा मारिएपछि इरान र अमेरिकाबीचको तनाब शिखरमा पुगेको छ ।

उक्त घटना भएको दुई महिनापछि नै अमेरिकी संसदमा इरान विरुद्ध सैनिक कारबाही गर्नुअघि संसदको अनुमोदन लिनुपर्ने गरी प्रस्ताव पारित गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  २ : १५ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार