कोरोनाको त्रास– नेपालमा रहेका विदेशी पर्यटकमाथि सफ्टवेयरमार्फत ट्र्याकिङ गरिने | Khabarhub Khabarhub

कोरोनाको त्रास– नेपालमा रहेका विदेशी पर्यटकमाथि सफ्टवेयरमार्फत ट्र्याकिङ गरिने


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को संभावित संक्रमणबाट बच्न भन्दै सरकारले ८ देशबाट आउने विदेशी तथा नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राखिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमणको उच्च जोखिममा रहेका ८ वटा देशबाट आउने स्वदेशी तथा विदेशी नागरिकलाई १४ दिने क्वारेन्टाइनमा राखिने जनाएको हो ।

सरकारले चीन तथा चीन स्वशाति क्षेत्र, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनबाट आउने नेपाली तथा विदेशीलाई १४ दिने क्वारेन्टाइनमा राख्ने तयारी गरेको हो ।

सरकारले ती देशबाट आउने नागरिकले विमानस्थलमै पाउने गरेको अनअराइभल भिसा यसअघि नै रोकिसकेको छ । ती देशबाट आउने विदेशी नागरिकहरुले आफू कोरोना भाइरसबाट मुक्त रहेको प्रमाण देखाए मात्रै नेपाल प्रवेश गर्न पाउनेछन् । ती देशबाट आउने नेपालीहरुलाई भने क्वारेन्टाइनमा राखी कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्रै घर पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए ।

विदेशी पर्यटकको ट्र्याकिङ गरिने

सरकारले पर्यटक भिसामा नेपाल आएका हरेक विदेशीको अवस्था र उनीहरुका गतिविधिमाथि निरन्तर निगारानी गरिने पनि जनाएको छ । अध्यागमन विभागले हालै प्रचलनमा ल्याएको ‘नेपाल पोर्ट’ नामक सफ्टवेयरको मद्दतबाट विदेशी नागरिकलाई ट्र्याकिङ गरिने स्वास्थ्य मन्त्रालयका सचिव कोइरालाले जानकारी दिए ।

‘नेपालमा आउने विदेशी पर्यटकबाट पनि कोरोना भाइरसको संक्रमण बढ्नेतर्फ हामीले सजगता अपनाएको छौं । अहिले हामीले सबै विदेशी पर्यटकलाई ट्र्याकिङ गर्न सक्ने गरी काम अगाडि बढाएका छौं,’ कोइरालले भने, ‘उनीहरु कहाँ जान्छन्, को–कोसँग सम्पर्कमा रहे, सबै जानकारी हामीलाई प्राप्त हुन्छ ।’

कोराेनाको संक्रमण रोक्न स्थानीय तहमा कमिटी गठन

स्वास्थ्य सचिव कोइरालाले कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्ने गरी काम भइरहेको पनि जानकारी दिए ।

सचिव कोइरालाका अनुसार कोरोनाको संभावित संक्रमण रोक्नका लागि स्थानीय तहमा कमिटी गठन गर्ने काम शुरु गरिएको छ । उक्त कमिटीले स्थानीयस्तरमा कोरोना भाइरसबारे जनचेतना फैलाउनुका साथै कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिलाई अस्पतालसम्म पुर्‍याउन भूमिका खेल्ने छ । स्थानीयस्तरमा गठन हुन कमिटीले आफ्नो स्थानीय तह र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने सचिव कोइरालाले जानकारी दिए ।

सचिव कोइरालाले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न तथा संक्रमण भइसकेको अवस्थामा बिरामीहरुलाई भर्ना गरेर उपचार गर्न सबै प्रदेशका अस्पतालहरुमा आइसोलेसन वार्डहरु तयार गरेर राखिएको बताए । यस्तै, जिल्ला अस्पताल र स्थानीय तहको स्वामित्वमा रहेका अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आइसोलेसन बेडहरु तयारी अवस्थामा राख्न निर्देशन दिइएको सचिव कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ३ : ५९ बजे

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट