कोरोनाको त्रास– नेपालमा रहेका विदेशी पर्यटकमाथि सफ्टवेयरमार्फत ट्र्याकिङ गरिने « Khabarhub

कोरोनाको त्रास– नेपालमा रहेका विदेशी पर्यटकमाथि सफ्टवेयरमार्फत ट्र्याकिङ गरिने


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को संभावित संक्रमणबाट बच्न भन्दै सरकारले ८ देशबाट आउने विदेशी तथा नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राखिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमणको उच्च जोखिममा रहेका ८ वटा देशबाट आउने स्वदेशी तथा विदेशी नागरिकलाई १४ दिने क्वारेन्टाइनमा राखिने जनाएको हो ।

सरकारले चीन तथा चीन स्वशाति क्षेत्र, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनबाट आउने नेपाली तथा विदेशीलाई १४ दिने क्वारेन्टाइनमा राख्ने तयारी गरेको हो ।

सरकारले ती देशबाट आउने नागरिकले विमानस्थलमै पाउने गरेको अनअराइभल भिसा यसअघि नै रोकिसकेको छ । ती देशबाट आउने विदेशी नागरिकहरुले आफू कोरोना भाइरसबाट मुक्त रहेको प्रमाण देखाए मात्रै नेपाल प्रवेश गर्न पाउनेछन् । ती देशबाट आउने नेपालीहरुलाई भने क्वारेन्टाइनमा राखी कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्रै घर पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए ।

विदेशी पर्यटकको ट्र्याकिङ गरिने

सरकारले पर्यटक भिसामा नेपाल आएका हरेक विदेशीको अवस्था र उनीहरुका गतिविधिमाथि निरन्तर निगारानी गरिने पनि जनाएको छ । अध्यागमन विभागले हालै प्रचलनमा ल्याएको ‘नेपाल पोर्ट’ नामक सफ्टवेयरको मद्दतबाट विदेशी नागरिकलाई ट्र्याकिङ गरिने स्वास्थ्य मन्त्रालयका सचिव कोइरालाले जानकारी दिए ।

‘नेपालमा आउने विदेशी पर्यटकबाट पनि कोरोना भाइरसको संक्रमण बढ्नेतर्फ हामीले सजगता अपनाएको छौं । अहिले हामीले सबै विदेशी पर्यटकलाई ट्र्याकिङ गर्न सक्ने गरी काम अगाडि बढाएका छौं,’ कोइरालले भने, ‘उनीहरु कहाँ जान्छन्, को–कोसँग सम्पर्कमा रहे, सबै जानकारी हामीलाई प्राप्त हुन्छ ।’

कोराेनाको संक्रमण रोक्न स्थानीय तहमा कमिटी गठन

स्वास्थ्य सचिव कोइरालाले कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्ने गरी काम भइरहेको पनि जानकारी दिए ।

सचिव कोइरालाका अनुसार कोरोनाको संभावित संक्रमण रोक्नका लागि स्थानीय तहमा कमिटी गठन गर्ने काम शुरु गरिएको छ । उक्त कमिटीले स्थानीयस्तरमा कोरोना भाइरसबारे जनचेतना फैलाउनुका साथै कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिलाई अस्पतालसम्म पुर्‍याउन भूमिका खेल्ने छ । स्थानीयस्तरमा गठन हुन कमिटीले आफ्नो स्थानीय तह र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने सचिव कोइरालाले जानकारी दिए ।

सचिव कोइरालाले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न तथा संक्रमण भइसकेको अवस्थामा बिरामीहरुलाई भर्ना गरेर उपचार गर्न सबै प्रदेशका अस्पतालहरुमा आइसोलेसन वार्डहरु तयार गरेर राखिएको बताए । यस्तै, जिल्ला अस्पताल र स्थानीय तहको स्वामित्वमा रहेका अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आइसोलेसन बेडहरु तयारी अवस्थामा राख्न निर्देशन दिइएको सचिव कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ३ : ५९ बजे

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह