स्थानीयको बिरोधपछि कर्णाली करिडोर सडक विस्तारको काम ठप्प | Khabarhub Khabarhub

स्थानीयको बिरोधपछि कर्णाली करिडोर सडक विस्तारको काम ठप्प


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको सिमकोटबाट खार्पुसम्म जोड्ने सडक विस्तारमा स्थानीयवासीले अवरोध गरेपछि काम ठप्प भएको छ ।

सिमकोट गाउँपालिका–५ तल्लोगाउँका स्थानीयवासीको विरोधपछि राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कर्णाली करिडोर निर्माण तीन हप्तादेखि रोकिएको हो ।

वडा नं ५ का स्थानीयवासीले अवरोध गरेपछि खार्पुबाट सिमकोटसम्मको निर्माणाधीन साढे १२ किलोमिटर सकड निर्माणको काम रोकिएको हो ।

आफूहरुको जग्गा नोक्सान भएको भन्दै स्थानीयवासीले सडक निर्माणमा अवरोध पुर्‍याएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन्।

वडा नं ५ तल्लोगाउँका स्थानीयवासीसँग सडक विस्तार गर्न सहमति गराउनका लागि दुईपटक जिल्ला प्रशासनमा वार्ता गरे पनि कुनै ठोस निर्णय हुन सकेन ।

कर्णाली करिडोरअन्तर्गत खार्पुबाट सिमकोटसम्म निर्माणको जिम्मा अङ्क कबेन्द्र माउण्टेन जेभी कन्स्ट्रक्शनले लिएको छ । खार्पु–सिमकोटको साढे १२ किलोमिटर सडक असार मसान्तसम्म विस्तार गरिसक्नुपर्ने निर्माण कम्पनीले जनाएको छ ।

तर यहाँका स्थानीयवासीसँग सहमति गर्नका लागि दुईपटकसम्म वार्ता बसे पनि अवरोध कायमै राखेका कारण निर्माणमा समस्या निम्तिएको बताइएको छ ।

तल्लोगाउँ वडा ५ का स्थानीयवासीले सकड निर्माणमा आफ्नो जग्गा सडकमा जाने भएपछि त्यसको क्षतिपूर्ति मागेको र कन्स्ट्रक्शनका अनुसार सडक विस्तार गर्दा क्षति भएको जग्गाका लागि दिने पैसा आफूहरुसँग नभएको बताएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ८ : २४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर