स्थानीयको बिरोधपछि कर्णाली करिडोर सडक विस्तारको काम ठप्प « Khabarhub

स्थानीयको बिरोधपछि कर्णाली करिडोर सडक विस्तारको काम ठप्प


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको सिमकोटबाट खार्पुसम्म जोड्ने सडक विस्तारमा स्थानीयवासीले अवरोध गरेपछि काम ठप्प भएको छ ।

सिमकोट गाउँपालिका–५ तल्लोगाउँका स्थानीयवासीको विरोधपछि राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कर्णाली करिडोर निर्माण तीन हप्तादेखि रोकिएको हो ।

वडा नं ५ का स्थानीयवासीले अवरोध गरेपछि खार्पुबाट सिमकोटसम्मको निर्माणाधीन साढे १२ किलोमिटर सकड निर्माणको काम रोकिएको हो ।

आफूहरुको जग्गा नोक्सान भएको भन्दै स्थानीयवासीले सडक निर्माणमा अवरोध पुर्‍याएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन्।

वडा नं ५ तल्लोगाउँका स्थानीयवासीसँग सडक विस्तार गर्न सहमति गराउनका लागि दुईपटक जिल्ला प्रशासनमा वार्ता गरे पनि कुनै ठोस निर्णय हुन सकेन ।

कर्णाली करिडोरअन्तर्गत खार्पुबाट सिमकोटसम्म निर्माणको जिम्मा अङ्क कबेन्द्र माउण्टेन जेभी कन्स्ट्रक्शनले लिएको छ । खार्पु–सिमकोटको साढे १२ किलोमिटर सडक असार मसान्तसम्म विस्तार गरिसक्नुपर्ने निर्माण कम्पनीले जनाएको छ ।

तर यहाँका स्थानीयवासीसँग सहमति गर्नका लागि दुईपटकसम्म वार्ता बसे पनि अवरोध कायमै राखेका कारण निर्माणमा समस्या निम्तिएको बताइएको छ ।

तल्लोगाउँ वडा ५ का स्थानीयवासीले सकड निर्माणमा आफ्नो जग्गा सडकमा जाने भएपछि त्यसको क्षतिपूर्ति मागेको र कन्स्ट्रक्शनका अनुसार सडक विस्तार गर्दा क्षति भएको जग्गाका लागि दिने पैसा आफूहरुसँग नभएको बताएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ८ : २४ बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न