कोरोनाभाइरसको त्रासः पर्यटक भिसा रोकिने, भारतसँगका सीमित नाका मात्रै खुलाइने « Khabarhub

कोरोनाभाइरसको त्रासः पर्यटक भिसा रोकिने, भारतसँगका सीमित नाका मात्रै खुलाइने


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोराना भाइरसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले पर्यटक भिसा रोक्ने निर्यण गरेको छ ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको विहिबार सिंहदरबारमा बसेको बैठकले पर्यटक भिसासँगै अरु थप मुलुकका नागरिलाई अनअराइभल भिसा प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।

यद्यपी यसबारेको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन । चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोरोना भाइरसको सङ्क्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

‘शुरुमा पाँच मुलुकबाट आउने भिसा रोक्ने भनेकोमा अझै केही थप देशहरुको भिसा रोक्ने निर्णय भएको छ’, कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णय सुनाउँदै प्रवक्ता खतिवडाले भने ।

सूचना एकद्धार प्रणालीबाट जाने भएकाले समितिको सचिवालयले त्यसको आधिकारिक निर्णय सार्वजनिक गर्ने मन्त्री खतिवडाले जानकारी दिए । अहिलेसम्म हवाई उडानमा भने कटौती नगरिएको उनले प्रष्ट पारेका छन् ।

यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अनअराइभल भिसामा रोक लगाएको थियो ।

भारतले आफ्नो देशको नाकामा नियमन गर्दै खास नाकाबाट आवागमन खोल्ने निर्णय गरेकाले नेपालतर्फबाट पनि त्यही नाका प्रयोग गरिने भएको छ ।

त्यसको आवश्यक प्रक्रिया मिलाउन गृह र परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको खतिवडाले बताएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ९ : १३ बजे

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा