कोरोनाभाइरसको त्रासः पर्यटक भिसा रोकिने, भारतसँगका सीमित नाका मात्रै खुलाइने « Khabarhub

कोरोनाभाइरसको त्रासः पर्यटक भिसा रोकिने, भारतसँगका सीमित नाका मात्रै खुलाइने


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोराना भाइरसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले पर्यटक भिसा रोक्ने निर्यण गरेको छ ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको विहिबार सिंहदरबारमा बसेको बैठकले पर्यटक भिसासँगै अरु थप मुलुकका नागरिलाई अनअराइभल भिसा प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।

यद्यपी यसबारेको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन । चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोरोना भाइरसको सङ्क्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

‘शुरुमा पाँच मुलुकबाट आउने भिसा रोक्ने भनेकोमा अझै केही थप देशहरुको भिसा रोक्ने निर्णय भएको छ’, कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णय सुनाउँदै प्रवक्ता खतिवडाले भने ।

सूचना एकद्धार प्रणालीबाट जाने भएकाले समितिको सचिवालयले त्यसको आधिकारिक निर्णय सार्वजनिक गर्ने मन्त्री खतिवडाले जानकारी दिए । अहिलेसम्म हवाई उडानमा भने कटौती नगरिएको उनले प्रष्ट पारेका छन् ।

यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अनअराइभल भिसामा रोक लगाएको थियो ।

भारतले आफ्नो देशको नाकामा नियमन गर्दै खास नाकाबाट आवागमन खोल्ने निर्णय गरेकाले नेपालतर्फबाट पनि त्यही नाका प्रयोग गरिने भएको छ ।

त्यसको आवश्यक प्रक्रिया मिलाउन गृह र परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको खतिवडाले बताएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ९ : १३ बजे

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन आज दोस्रो दिन छ ।काठमाडौंको

विश्वको प्रस्ताव : एकपटक समानुपातिक पाएकाले अर्को पटक नपाउने

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्व प्रकाश शर्माले समानुपातिक

विश्वको प्रस्ताव : पदाधिकारी र केन्द्रीय सदस्यले पनि प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा

विष पिएरै भएनि पार्टीभित्रको एकता कायम गरिछाड्ने प्रयासमा जुटिरहन्छु : नेता कोइराला

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट

खासा क्षेत्रमा भीषण आगलागी, तातोपानी नाका बन्द

चौतारा– चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन