मलेसियामा दुई साता लकडाउन थप « Khabarhub

मलेसियामा दुई साता लकडाउन थप


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम कम नभएपछि मलेसियामा जारी लकडाउन दुई साता थपिएको छ ।

मलेसियाका प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्देशन आगामी अप्रिल २८ तारिखसम्म लागु हुने घोषणा गरेका हुन् ।

उनले स्वास्थ्य मन्त्रालय र विज्ञहरुको सुझावका आधारमा आवाज जावत नियन्त्रण गर्ने व्यवस्थालाई लम्ब्याइएको बताएका छन्।

कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि आवत जावत नियन्त्रण अत्यावश्यक र अनिवार्य भएकाले यसलाई निरन्तरता दिनुपर्ने भएको उनको भनाई छ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण नहुँदासम्म यस्तो व्यवस्था लामो समयसम्म पनि जानसक्ने उनले बताएका छन् ।

मलेसियामा लकडाउनका लागि आवाज जावत नियन्त्रण निर्देशन लागु गरिएको शनिबार २५ दिन भइसकेको छ।

गत मार्च १८ देखि नै मलेसियामा लकडाउन सुरु गरिएको थियो। त्यतिबेला घोषणा गरिएको लकडाउन यही अप्रिल १४ मा सकिने छ ।

आइतबार बिहान ७ बजेसम्म मलेसियामा कोरोना भाइरसका कारण चार हजार ५३० जना संक्रमित भएका छन् भने ७३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ७ : १७ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल