काठमाडौं – इरानमा कोरोना भाइरसले ४ हजार ३५७ जनाको मृत्यु भएको छ ।
मध्यपूर्वमा कोरोनाको सबै भन्दाबढी प्रभावित इरानमा पछिल्लो २४ घण्टामा १ सय २५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४ हजार ३५७ पुगेको हो ।
त्यहाँ संक्रमित हुने मानिसको संख्या ७० हजार २९ पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता क्रियानुस जाहन्पौरले पत्रकार सम्मेलनमा बितेको २४ घण्टामा १ हजार ८३७ नयाँ संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७० हजार नाघेको जानकारी दिएका छन् ।
प्रतिक्रिया