लकडाउन प्रभावित मजदुरका लागि 'फुड बैंक' स्थापना | Khabarhub Khabarhub

लकडाउन प्रभावित मजदुरका लागि ‘फुड बैंक’ स्थापना


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– विश्वभर फैलिएको कोरोना भाइरसको सङ्कटका कारण रोजीरोटी गुमाएका बिपन्न तथा मजदुरलाई सहयोग गर्न बागलुङ जिल्लाको बागलुङ नगरपालिकाले ‘फुड बैंक’ स्थापना गरेको छ । नेपालमा चैत ११ गतेदेखि जारी लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका श्रमिक मजदुर, गरिब, विपन्नलाई सहयोग गर्न नगरपालिकाले बागलुङ जेसीजको सहयोगमा फुड बैंक स्थापना गरेको बागलुङ नगरपालिकाले जनाएको छ ।

जेसीजले पहिलो चरणमा रु.६० हजार बराबरको खाद्य सामग्री प्रदान गरेर फुड बैंकको स्थापना गरिएको बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिए । शाक्यका अनुसार, पहिलो चरणमा ५०० केजी चामल, ७५ केजी दाल, ५० केजी नुन, ५० केजी तेल, २०० केजी आटा सहयोग गरिएको छ ।

जिल्ला सदरमुकाम र मुख्य बजार क्षेत्रमा बाहिरबाट आएका श्रमिक मजदुरले राहत नपाएको गुनासो आएपछि जेसीजको सहकार्यमा फुड बैंक स्थापना गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

कसैलाई पनि भोकै बस्ने अवस्था नआओस् भन्ने अभिप्रायले फुड बैंक स्थापनाका लागि जेसीजले पहल र सहकार्य गरेको हो । कतै राहतको अभाव भएमा तत्कालै फुड बैंकमार्फत खाद्यन्न सहयोग गरिनेछ ।

नगरपालिकाको फुड बैंक स्थापनाकै दिन अधिकारकर्मी राम शर्माले रु.३० हजार बराबरको २० बोरा चामल र पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले रु.२० बोरा चामल, दाल र नुन सहयोग गरेका छन् ।

फुड बैंकबाट खासगरी बाहिरबाट श्रम गर्नका लागि आएका श्रमिक मजदुर र तीनका परिवारलाई सहयोग गरिने बागलुङ नगरपालिकाका प्रमुख पौडेलले जानकारी दिए । ‘हामीले नगरपालिकाका सबै वडाका गरिब, विपन्न, मजदुरको पहिचान गरेर पहिलो चरणमा राहत बाँडिसकेका छौ,’ प्रमुख पौडेलले भने, ‘फुड बैंकबाट थप समस्यामा परेका र बिशेषगरी बाहिरबाट आएर लकडाउनका कारण अलपत्र श्रमिक मजदुरलाई तत्काल सहयोग गर्नेछौँ ।’

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १२ : ४२ बजे

सिरहाका किसानको आशा : कमला र खुट्टीखोला नहर

सिरहा– भर्खरै रोपाइँ सकिएको छ, तर कर्जन्हा–१ का श्यामलाल यादवका

ट्राफिक कारबाहीबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

बागमती– मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा दुई

कागतीले बजार नपाउँदा किसान निराश

तनहुँ– तनहुँको देवघाट गाउँपालिका– २ का कृषक मनिष मल्ल उत्पादित

पर्यटक बढेपछि गोठालाको आम्दानी वृद्धि 

बागलुङ– बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि