लकडाउन प्रभावित मजदुरका लागि ‘फुड बैंक’ स्थापना « Khabarhub

लकडाउन प्रभावित मजदुरका लागि ‘फुड बैंक’ स्थापना


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– विश्वभर फैलिएको कोरोना भाइरसको सङ्कटका कारण रोजीरोटी गुमाएका बिपन्न तथा मजदुरलाई सहयोग गर्न बागलुङ जिल्लाको बागलुङ नगरपालिकाले ‘फुड बैंक’ स्थापना गरेको छ । नेपालमा चैत ११ गतेदेखि जारी लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका श्रमिक मजदुर, गरिब, विपन्नलाई सहयोग गर्न नगरपालिकाले बागलुङ जेसीजको सहयोगमा फुड बैंक स्थापना गरेको बागलुङ नगरपालिकाले जनाएको छ ।

जेसीजले पहिलो चरणमा रु.६० हजार बराबरको खाद्य सामग्री प्रदान गरेर फुड बैंकको स्थापना गरिएको बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिए । शाक्यका अनुसार, पहिलो चरणमा ५०० केजी चामल, ७५ केजी दाल, ५० केजी नुन, ५० केजी तेल, २०० केजी आटा सहयोग गरिएको छ ।

जिल्ला सदरमुकाम र मुख्य बजार क्षेत्रमा बाहिरबाट आएका श्रमिक मजदुरले राहत नपाएको गुनासो आएपछि जेसीजको सहकार्यमा फुड बैंक स्थापना गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

कसैलाई पनि भोकै बस्ने अवस्था नआओस् भन्ने अभिप्रायले फुड बैंक स्थापनाका लागि जेसीजले पहल र सहकार्य गरेको हो । कतै राहतको अभाव भएमा तत्कालै फुड बैंकमार्फत खाद्यन्न सहयोग गरिनेछ ।

नगरपालिकाको फुड बैंक स्थापनाकै दिन अधिकारकर्मी राम शर्माले रु.३० हजार बराबरको २० बोरा चामल र पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले रु.२० बोरा चामल, दाल र नुन सहयोग गरेका छन् ।

फुड बैंकबाट खासगरी बाहिरबाट श्रम गर्नका लागि आएका श्रमिक मजदुर र तीनका परिवारलाई सहयोग गरिने बागलुङ नगरपालिकाका प्रमुख पौडेलले जानकारी दिए । ‘हामीले नगरपालिकाका सबै वडाका गरिब, विपन्न, मजदुरको पहिचान गरेर पहिलो चरणमा राहत बाँडिसकेका छौ,’ प्रमुख पौडेलले भने, ‘फुड बैंकबाट थप समस्यामा परेका र बिशेषगरी बाहिरबाट आएर लकडाउनका कारण अलपत्र श्रमिक मजदुरलाई तत्काल सहयोग गर्नेछौँ ।’

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १२ : ४२ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,