कोरोनाभाइरसका कारण १४ जना गैरआवासीय नेपालीले ज्यान गुमाए, ६ सय ६५ जना संक्रमित « Khabarhub

कोरोनाभाइरसका कारण १४ जना गैरआवासीय नेपालीले ज्यान गुमाए, ६ सय ६५ जना संक्रमित


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस( कोभिड १९) को संक्रमणबाट १४ जना गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् ।

शनिवार साँझसम्म १४ जनाले ज्यान गुमाएको एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जनाए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण प्रभावित बनेका नेपालीको अवस्था बुझ्न गैर आवासीय नेपाली संघले उच्चस्तरीय समिति गठन गरेको थियो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार कोरोनाका कारण सबैभन्दा धेरै नेपालीले बेलायतमा ज्यान गुमाएका छन् भने दोस्रोमा अमेरिका रहेको छ ।

बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको प्रेस संयोजक शर्माले जनाए ।
त्यस्तै ६ सय ६५ जना गैरआवासीय नेपाली कोरोना संक्रमणबाट पीडित रहेका छन् ।

स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार युरोप, अमेरिका, अष्ट्रेलिया, मलेसिया र खाडी मुलुकमा गरी हालसम्म कम्तिमा ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

समितिले विदेस्थित नेपाली राजदूतावास, एनआरएनएका विभिन्न समितिहरुको समन्वयमा तथ्यांक संकलन गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १ : ३६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल