पूँजीगत लाभकरको दायित्वबाट मुक्त भयो एनसेल « Khabarhub

पूँजीगत लाभकरको दायित्वबाट मुक्त भयो एनसेल


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले शेयर स्वामित्व खरिदबिक्री बापत तिर्नुपर्ने बाँकी पूँजीगत लाभकर पनि बुझाएको छ ।

एनसेलले बैंकहरुसँग ऋण लिएर सरकारलाई तिर्नुपर्ने बाँकी १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पूँजीगत लाभकर बुझाएको हो । यससँगै एनसेलले तिर्नुपर्ने पूँजीगत चुक्ता भएको छ ।

दुई हप्ता अगाडि मात्रै एनसेलले दोस्रा किस्ताअन्तर्गत ४ अर्ब ६० करोड पूँजीगत लाभकर बुझाएको थियो ।

एनसेलले पहिलो किस्तामा ४ अर्ब ५० करोड, दोस्रो किस्तामा ४ अर्ब ६० करोड र तेस्रो तथा अन्तिम किस्तामा १४ अर्ब ३३ करोड गरी सरकारलाई २३ अर्ब १६ करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको छ ।

अन्तिम किस्ता बुझाएसँगै लामो समयदेखि चर्चा र विवादको विषय बन्दै आएको पूँजीगत लाभकरको दायित्वबाट एनसेल मुक्त भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  २ : १३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल