पूँजीगत लाभकरको दायित्वबाट मुक्त भयो एनसेल « Khabarhub

पूँजीगत लाभकरको दायित्वबाट मुक्त भयो एनसेल


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले शेयर स्वामित्व खरिदबिक्री बापत तिर्नुपर्ने बाँकी पूँजीगत लाभकर पनि बुझाएको छ ।

एनसेलले बैंकहरुसँग ऋण लिएर सरकारलाई तिर्नुपर्ने बाँकी १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पूँजीगत लाभकर बुझाएको हो । यससँगै एनसेलले तिर्नुपर्ने पूँजीगत चुक्ता भएको छ ।

दुई हप्ता अगाडि मात्रै एनसेलले दोस्रा किस्ताअन्तर्गत ४ अर्ब ६० करोड पूँजीगत लाभकर बुझाएको थियो ।

एनसेलले पहिलो किस्तामा ४ अर्ब ५० करोड, दोस्रो किस्तामा ४ अर्ब ६० करोड र तेस्रो तथा अन्तिम किस्तामा १४ अर्ब ३३ करोड गरी सरकारलाई २३ अर्ब १६ करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको छ ।

अन्तिम किस्ता बुझाएसँगै लामो समयदेखि चर्चा र विवादको विषय बन्दै आएको पूँजीगत लाभकरको दायित्वबाट एनसेल मुक्त भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  २ : १३ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद