अस्पतालको आइसोलेसन वार्डबाट भागेका २ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ « Khabarhub

अस्पतालको आइसोलेसन वार्डबाट भागेका २ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमगरढी– डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डबाट भागेका २ जनाको कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा २ जनाको रिपोर्ट नगेटिभ आएको बताए ।

ज्वरो र रुघाखोकी लक्षण देखिएपछि कोरोना भाइरस संक्रमणको आशंकामा भागेश्वर गाउँपालिका–३ नानीडाँडाकी ४० वर्षीया महिला र उनका १९ वर्षीया छोरा चैत २६ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए ।

अस्पतालले भर्ना भएकै दिन उनीहरुको थ्रोट स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो ।

उनीहरु भने परीक्षणको नतिजा नआउँदै शनिबार अपराह्न अस्पतालबाटै भागेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  २ : २७ बजे

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर