तीन जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि नजिक भएकाहरु खोजिँदै « Khabarhub

तीन जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि नजिक भएकाहरु खोजिँदै


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीरगञ्‍जको एक मस्जिदमा रहेका तीन व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि अरु सम्भावित संक्रमितको खोजी थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्‍ज महानगरपालिका-२, छपकैयास्थित मस्जिदमा रहेका २१ मध्ये तीनमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार त्यस मस्जिदमा बसेका २१ जनाको परीक्षण गर्दा तीनजना कोरोना पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित पुष्टि भएका३७, ५५ र ४४ वर्षीय पुरुषहरु रहेका छन् ।

उनीहरूलाई कोभिड-१९ शंका लागी नारायणी अस्पताल वीरगञ्‍जको आइसोलेशनमा राखेर उपचार थालिएको थियो। त्यहीँ उनीहरुको थ्रोट स्वाब लिएर कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा परीक्षण गरिँदा कोरोना पुष्टि भएको हो।

उक्त परिक्षणमा २१ जनामध्ये शंकास्पद तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि पुन: एकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो। शनिबार भएको पुन:परीक्षणबाट ती तीनजनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले आइतवार दिउँसो सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।   तीनजनामा कोरोना पुष्टि भएपछि उनीहरु नजिक आएका अन्यको खोजी थालिएको छ। उनीहरु घुमेको स्थानसमेत पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ३ : ०१ बजे

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज– वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला

चितवन महोत्सव : हात्तीलाई १५ परिकारको भोज खुवाएर सम्पन्न (तस्बिरहरू)

काठमाडौं– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

बागमती– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक

साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म