कोरोना भाइरसविरुद्धको लडाइँ जितेर बेलायती प्रधानमन्त्री जोनसन अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

कोरोना भाइरसविरुद्धको लडाइँ जितेर बेलायती प्रधानमन्त्री जोनसन अस्पतालबाट डिस्चार्ज


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका उनीलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

“कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिए पछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

हाल उनको अवस्था सामान्य रहेको जनाइएको छ । कोरोनाको सफल उपचार पछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमणविरुद्धको लडाइँ जितेर उनी निवास फर्किए पनि चिकित्सकले तत्काल काममा नफर्क सुझाव दिएकाले बीबीसीले जनाएको छ।

प्रधानमन्त्री कार्यालयकी प्रवक्ताका अनुसार प्रधानमन्त्रीले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका सबै कर्मचारीहरूलाई उनीहरूको कडा परिश्रमका लागि धन्यवाद दिएका छन् र सर्वसाधारणलाई घरभित्रै सुरक्षित बस्न सरकारले दिएको सुझाव मान्न पनि भनेका छन्।

कोरोना भाइरसको संक्रमण बढेर आइसियुमै भर्ना भएपछि बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर विश्वभर चासाे र चिन्ता भएको थियो ।

कोरोनाको संक्रमणको नजिता त्यति सुखद नआइरहेको बेला घरमा आइसोलेसनमा बसेका जोन्सन एकाएक आइसीयुमा पुग्नु सुखद संकेत पनि थिएन।

अस्पताल र उनको कार्यालयले जोनसन उनको स्वास्थ्य सम्बन्धी अपडेट दिइरहेको थियो ।

शनिबार उनको स्वास्थ्यमा सुधार आएको सूचना आयो। त्यसपछि उनलाई आईसीयू बाहिर सारिएको थियो । तीन दिनको आइसीयू बसाई पछि उनी आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ७ : ३० बजे

झिनो अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब बढी 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेको छ

रसियाको स्पष्टीकरण- अमेरिकी चुनावमा हस्तक्षेप गरेको छैन

मस्को- अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी

जंगली हात्ती गाउँ पसेपछि स्थानीय त्रसित, धान र केराखेती नष्ट

चन्द्रपर – जिल्लाका विभिन्न गाउँमा जङ्गली हात्ती पस्न थालेपछी स्थानीय

यी मुख्य ६ कारण, जसले विश्वकै शक्तिशाली कुर्सीमा फर्किन सफल भए ट्रम्प

काठमाडौं- अमेरिकामा राष्ट्रपतिको कुर्सी दोस्रो पटक डोनाल्ड ट्रम्पको हातमा पुगेको

दोलखाको गौरिशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

काठमाडौं– स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले