कोरोना भाइरस : २ लाख ८६ हजारको मृत्यु, ४२ लाख ५० हजार संक्रमित « Khabarhub

कोरोना भाइरस : २ लाख ८६ हजारको मृत्यु, ४२ लाख ५० हजार संक्रमित


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८६ हजार ९८६ पुगेको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४२ लाख ५० हजार ८६२ जना संक्रमित छन् ।

संक्रमितमध्ये १५ लाख २५ हजार १९३ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ३८ हजार ६८३ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ९५६ जनाको अवस्था गम्भीर छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५३ हजार ९२६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ५३ हजार ९२६ पुगेको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा ९१ हजार २११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख १७ हजार ८६८ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २२ हजार ४५१ जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ६३७ जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा १६ हजार ९१० जनाको मृत्यु भएको छ । ३ लाख १९ हजार २९७ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ३५५ जनाको ज्यान गएको छ भने ६७ हजार ७७८ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५४९ पुगेको छ ।

सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार ७२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ४३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ लाख ८४ हजार ६८१ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख ४२ हजार ५५७ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ५ : ५० बजे

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई

आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका

तीन दल नमिल्ने गगनको अडानपछि प्रदेशको सत्ता भागबन्डानजिक एमाले-नेकपा

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला इतिहासकै चुनौतीपूर्ण मोडमा छ। विभिन्न

एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा