रुपन्देहीका ६ जना कोरोना संक्रमित तीन दिनअघि भारतबाट आएको खुलासा « Khabarhub

रुपन्देहीका ६ जना कोरोना संक्रमित तीन दिनअघि भारतबाट आएको खुलासा


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी ३ दिनअघि नेपाल प्रवेश गरेको खुलेको छ ।

जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४ का तीन जनामा कोरोना पुष्टि भएको समरीमाई स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले बताए ।

भैसागाहन क्वारेन्टाइनमा रहेकामध्ये वडा नं १ का ४६ वर्षीय पुरुष भारतको मुम्बईबाट यही वैशाख २५ गते नेपाल फर्किएका थिए ।

उनी लुकिछिपी सीमा पार गरेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा पुर्‍याएका थिए । सोही क्वारेन्टाइनमा रहेका अन्य तीन जना वैशाख २६ गते मुम्बईबाट आएका हुन् ।

क्वारेन्टाइनमा रहेका ४५, ३० र २६ वर्ष उमेरका तीनै जना पुरुष वडा नम्बर ४ का हुन् । सोही क्वारेन्टाइनमा रहेकी आफ्नी आमालाई चार दिन पहिले समरीमाई १ का वडाध्यक्ष शिवकुमार यादवले जबर्जस्ती घरमा लैजाएपछि स्थानीयवासी, सञ्चारमाध्यम र प्रशासनको दवाबपछि पुनः क्वारेन्टाइन फिर्ता गरेका थिए ।

मर्चवारमा यसअघि कोटहीमाईका एक २५ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको थियो । उनको बुटवल स्थत कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ८ : ५४ बजे

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको