कोरोना भाइरसले खाडी मुलुकमा ५६० जनाको मृत्यु, १ लाखभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ५६० जनाको मृत्यु, १ लाखभन्दा बढी संक्रमित


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ५६० जनाको मृत्यु भएको छ भने १ लाख १ हजार ६१० जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै २५५ जनाको मृत्यु भएको छ । त्यहाँ ४१ हजार १४ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २०१ जनाको मृत्यु भएको छ भने १८ हजार ८१८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ६५ जनाको मृत्यु भएको छ भने ९ हजार २८६ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा १७ जनाको मृत्यु भएको छ भने ३ हजार ५७३ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले कतारमा १४ जनाको मृत्यु भएको छ भने २३ हजार ६२३ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ५ हजार २३६ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १० : २२ बजे

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन