सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा ओपीडीसहित नियमित स्वास्थ्य सेवा सुरू « Khabarhub

सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा ओपीडीसहित नियमित स्वास्थ्य सेवा सुरू


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका सम्पूर्ण अस्पतालहरुमा ओपिडीसहित अन्य केही नियमित स्वास्थ्य सेवा सुचारु भएका छन् ।

लकडाउनसँगै आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएका सुदूरपश्चिमका सरकारी अस्पतालहरुले आजबाट ओपीडीसहित नियमित स्वास्थ्य सेवा सुचारु गरेका हुन्।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यस प्रदेशमा सञ्चालनमा रहेका सबै सरकारी अस्पतालहरुलाई ओपीडी सेवा सुचारु गर्न निर्देशन गरेपछि अस्पतालमा बन्द रहेका सेवाहरु सुचारु भएका हुन् ।

सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालले पनि कोरोना भाइरसको संक्रमणपछि बन्द रहेका बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने जानकारी दिएको छ ।

कोरोना संक्रमणपछि बन्द रहेका सम्पूर्ण सेवाहरु आजदेखि सुचारु हुने प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यसअघि सेती अस्पतालमा कोरोना भाइरसको महामारीलाई लिएर चैत ११ गतेदेखि ज्वरो र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो ।

सुदूरपश्चिमका सबै संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका र नयाँ संक्रमितसमेत नदेखिएपछि सेवा सुचारु गरेको जिल्ला अस्पतालहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १२ : ०६ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।