बाँकेको खजुरामा स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की « Khabarhub

बाँकेको खजुरामा स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको खजुरास्थित एक स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।

गाउँपालिकाको वडा नम्बर ७ मा रहेको सोनपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई स्थानीय एक व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि प्रहरीमा उजुरी दिएका छन् ।

सोनपुरका स्थानीय रफी भाटले स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की दिएको स्वास्थ्यचौकीका प्रमुख सुदीप पौडेलले जानकारी दिए ।

स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएको उनले बताएका छन् ।

इलाका प्रहरी कार्यालय धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाले उजुरीपछि उक्त बिषयमा अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १२ : ३४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना