लकडाउन खुकुलो नभइ अझ कडा बनाउन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

लकडाउन खुकुलो नभइ अझ कडा बनाउन प्रधानमन्त्रीको निर्देशन


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

मंगलबारको मन्त्रिपरिषद बैठकमा थप संक्रमितहरु फेला पर्ने क्रम बढेको उल्लेख गर्दै यस्तो अवस्थामा लकडाउन खुकुलो पर्न नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले लकडाउनका बेला काठमाडौंमा सवारी जाम बढेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले मानिसको जीवन जोगिए मात्रै अर्थतन्त्र बचाउनेतर्फ सोच्न सकिने पनि बताएका छन् ।

मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीले कोरोनाको संक्रमण नियन्त्रणमा नआउँदासम्म लकडाउन खुकुलो बनाउन नहुनेमा प्रधानमन्त्रीले जोड दिएका हुन् ।

सरकारले गत शुक्रबारदेखि विभिन्न किसिमका ४२ वटा उद्योगहरु सञ्चालन गर्ने निर्णय गरेको थियो । यस्तै, काठमाडौं उपत्यकामा रहेका सरकारी कार्यालय एक तिहाई कर्मचारीलाई पनि कार्यालय काममा बोलाउन निर्देशन दिइएको छ ।

जसका कारण पछिल्लो समय साँझ र बिहानको समयमा काठमाडौंका सडकमा सवारी जाम हुन थालेको छ ।

प्रधानमन्त्री ओलीले भने लकडाउनका बेला ट्राफिक जाम भएकोप्रति असन्तुष्टि जनाउँदै लकडाउनलाई अझ कडा बनाउन निर्देशन दिएका हुन् ।

लकडाउन खुकुलो हुँदै जाँदा नेपालमा कोरोना भाइरसका संक्रमितहरु पनि थपिँदै गएका छन् ।

नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो । यसबीचमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

मंगलबार मात्रै कोरोना भाइरसका ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : ०८ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला