लकडाउन खुकुलो नभइ अझ कडा बनाउन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

लकडाउन खुकुलो नभइ अझ कडा बनाउन प्रधानमन्त्रीको निर्देशन


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

मंगलबारको मन्त्रिपरिषद बैठकमा थप संक्रमितहरु फेला पर्ने क्रम बढेको उल्लेख गर्दै यस्तो अवस्थामा लकडाउन खुकुलो पर्न नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले लकडाउनका बेला काठमाडौंमा सवारी जाम बढेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले मानिसको जीवन जोगिए मात्रै अर्थतन्त्र बचाउनेतर्फ सोच्न सकिने पनि बताएका छन् ।

मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीले कोरोनाको संक्रमण नियन्त्रणमा नआउँदासम्म लकडाउन खुकुलो बनाउन नहुनेमा प्रधानमन्त्रीले जोड दिएका हुन् ।

सरकारले गत शुक्रबारदेखि विभिन्न किसिमका ४२ वटा उद्योगहरु सञ्चालन गर्ने निर्णय गरेको थियो । यस्तै, काठमाडौं उपत्यकामा रहेका सरकारी कार्यालय एक तिहाई कर्मचारीलाई पनि कार्यालय काममा बोलाउन निर्देशन दिइएको छ ।

जसका कारण पछिल्लो समय साँझ र बिहानको समयमा काठमाडौंका सडकमा सवारी जाम हुन थालेको छ ।

प्रधानमन्त्री ओलीले भने लकडाउनका बेला ट्राफिक जाम भएकोप्रति असन्तुष्टि जनाउँदै लकडाउनलाई अझ कडा बनाउन निर्देशन दिएका हुन् ।

लकडाउन खुकुलो हुँदै जाँदा नेपालमा कोरोना भाइरसका संक्रमितहरु पनि थपिँदै गएका छन् ।

नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो । यसबीचमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

मंगलबार मात्रै कोरोना भाइरसका ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : ०८ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग