पर्साका २ जना पत्रकारमा पनि कोरोना संक्रमण, संक्रमितको संख्या अझै बढ्न सक्ने ! « Khabarhub

पर्साका २ जना पत्रकारमा पनि कोरोना संक्रमण, संक्रमितको संख्या अझै बढ्न सक्ने !


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्सामा आज (मंगलबार) एकै दिन भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये केही पत्रकार समेत रहेका खुलेको छ ।

नारायणी अस्पताल वीरगञ्जका डाक्टर उदय नारायण सिंहका अनुसार मंगलबार संक्रमण पुष्टि भएका कोरोना संक्रमितमा पत्रकारहरु समेत रहेका छन् । अस्पताल स्रोतका अनुसार मंगलबार पुष्टि भएका ३९ जनामध्ये अहिलेसम्म २ जना पत्रकारहरु रहेको खुलेको छ ।

‘मंगलबार संक्रमण पुष्टि भएका सबैको विषयमा हामीले डिटेल लिने काम गरीरहेका छौं,’ डा सिंहले खबरहबसँग भने, ‘आज भेटिएका संक्रमितहरुमध्ये पत्रकारहरु पनि हुनुहुन्छ भन्ने कुरा आएको छ, केही समयमा थप जानकारी आउँछ ।’

एकैदिन ३९ जनामा कोरोना संक्रमण देखिएकाले पर्सामा समुदायमा कोरोना संक्रमण फैलिएको अवस्था भएको डा सिंहले बताए । डा सिंहका अनुसार पर्सामा संकलन भएका थ्रोड स्वाब परीक्षणको क्रम अझै जारी रहेको छ । त्यसैले पर्सामा संक्रमितको संख्या अझै बढ्न सक्छ ।

‘आज देखिएको केसलाई हेर्दा कोरोना संक्रमण अब समुदायमा फैलिएको अवस्था हो, आज देखिएका जति नै संक्रमित भोली पनि देखिन सक्छन्,’ डा सिंहले भने, ‘आज त आधा थ्रोट स्वाबको मात्र नतिजा आएको छ, भोली यो भन्दा बढी केस देखिने सम्भावना छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डे पनि अब नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने बताउँछन् । उनले भने, ‘भारतका सीमा नाकाबाट आउने जाने क्रम चलिरहेको छ, त्यसैले अब संक्रमित बढ्न सक्छन् ।’

कोरोना समुदायमा फैलिएको हो वा होइन भन्नेबारे भने कन्ट्याक्ट ट्रेसिङको काम सकिए पछि मात्र यकिन हुने उनले बताए ।

‘संक्रमति देखिएका क्षेत्रहरुमा अहिले त्यहाँ रहेका स्वास्थ्यकर्मीहरुले कन्ट्याक्ट ट्रेसिङ गर्दै हुनुहुन्छ,’ डा पाण्डेले भने, ‘संक्रमितलाई कोरोना सर्ने स्रोत थाहा नहुँदा मात्र समुदायमा फैलिएको भन्ने हो । त्यसैले कन्ट्रयाक ट्रेसिङको काम नसकिँदै समुदायमा संक्रमण फैलिएकोभन्न मिल्दैन ।’

अपडेटः यसअघि अस्पताल स्रोतले  कोरोना संक्रमितमध्ये चार जना पत्रकार भएको भनिएकोमा दुई  जना मात्र पत्रकार एकिन हुन आएको हुँदा सच्याइएको छ । – सम्पादक ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : १६ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड