कोरोना संक्रमित थपिएपछि नारायणी अस्पतालको प्रसुती वार्डलाई पनि आइसोलेट गरिँदै « Khabarhub

कोरोना संक्रमित थपिएपछि नारायणी अस्पतालको प्रसुती वार्डलाई पनि आइसोलेट गरिँदै


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर २ मा मंगलबार एकैदिन ४० जना संक्रमित थपिए पछि कोरोना संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पतालको रुपमा तोकिएको वीरगन्जस्थित नारायणी अस्पतालमा आइसोलेसन वार्ड थप्नुपर्ने भएको छ ।

मंगलबार संक्रमण पुष्टि भएका ४० जनालाई वीरगञ्जको नारायणी अस्तपतालको आइसोलेसनमा भर्ना तयारी गरिँदै गर्दा आइसोलेसन वार्ड थप्न थालिएको हो ।

अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार मंगलबार संक्रमण पुष्टि भएका प्रदेश २ को पर्साका ३९ र बाराका एकजना लाइ नारायणी अस्पतालको आइसोलेसन भर्ना गर्ने तयारी भइरहेको हो ।

नारायणी अस्पतालमा यसअघि ४० वेड मात्र आइसोलसनको मापदण्ड अनुसार तयारी गरिएको भएपनि संक्रमित बढेपछि अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तीन मिटरको दुरीमा वेड व्यवस्थापन गरी आइसोलेसन वेड व्यवस्थापन गरेको छ ।

नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार प्रसुती र्वाड र मेडिकल वार्डलाई आइसोलेट गरेर राख्ने तयारी भइरहेको छ ।

‘आज संक्रमण पुष्टि भएका ४० जनालाई नारायणी अस्पतालमा नै ल्याइँदै छ, संक्रमित बढ्न सक्छ भनेर सर्जरी, प्रसूती र मेडिकल वार्ड सहेको ब्लकलाई तयारी अवस्थामै राखेका थियौ, आज आउने ४० जना संक्रमितलाई प्रसूती र मेडिकल वार्डमा राखिन्छ । उनीहरुलाई तीन मिटरको दुरीमा फरक गरेर वेड राख्ने गरी मिलाउँदै छौं,’ डा सिंहले खबरहबसँग भने ।

नारायाणी अस्पतालमा यसअघिदेखि नै ३० जना संक्रमित उपचारत नै छन् । डा सिंहका अनुसार संक्रमित एकसय भन्दा बढी भएमा अस्पतालमा वेड अभाव हुने छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : ५६ बजे

मोदीको पहलपछि सरकार-कक्रोच वार्ता

नयाँदिल्ली– भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध