छिमेकी देशबाट स्वदेश फिर्ता भएका १० हजार थाई नागरिक क्वारेन्टाइनमा « Khabarhub

छिमेकी देशबाट स्वदेश फिर्ता भएका १० हजार थाई नागरिक क्वारेन्टाइनमा


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाईल्याण्डले छिमेकी देशहरुबाट फर्केका करिब १० हजार नागरिकलाई तत्काल क्वारेन्टाइनमा राखेको छ ।

थाईल्याण्डका सीमा क्षेत्रहरुमा गत अप्रिल १८ देखि अड्किएका १० हजार २९८ व्यक्ति फर्किएका सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

कामको शिलशिलामा छिमेकी देश पुगेका र हाल कोभिड–१९ को कारण स्वदेश फर्केका ती थाई नागरिकलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको हो । स्वदेश फर्किएका ती नागरिकहरुमा मलेसियाबाट ८ हजार ९१२, म्यानमारबाट ६९१, लाओसबाट ३९९ क्याम्बोडियाबाट २९६ जना रहेका छन् ।

गत महिनाको शुरुमा थाईल्याण्डको सीमा क्षेत्रमा नरहेका देशहरुबाट पनि ६ हजार ७०० थाई नागरिक स्वदेश फर्किएका छन् । यी सवैलाई पनि १४ दिनको क्वारेन्टाइनमा राखिएको थियो ।

थाईल्याण्डका कोरोना भाइरसको कारण ३ हजार १७ जनामा संक्रमित रहेका छन् । यस प्रकोपका कारण त्यहाँ हालसम्म ५६ मृत्यु भएको छ, भने २ हजार ७९८ निको भएर फर्किएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : १७ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति