कोरोना संक्रमण देखिएकामध्ये १५८ पुरुष र ३३ जना महिला | Khabarhub Khabarhub

कोरोना संक्रमण देखिएकामध्ये १५८ पुरुष र ३३ जना महिला


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका कूल संक्रमित १ सय ९१ जनामध्ये सबैभन्दा बढी पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार कुल संक्रमित मध्ये १ सय ५८ जना पुरुष र ३३ जना महिला रहेका छन् ।

प्रवक्ता डा देवकोटाले मंगलबार संक्रमण पुष्टि भएका कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना, पर्सामा ३९ जना र बारामा एक जना सहित ५७ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ य ९१ पुगेको बताए ।

मंगलबार संक्रमण पुष्टि भएका नयाँ संक्रमितहरुलाई  विभिन्न अस्पतालको आइसोलेसन वार्डमा लगिँदै छ । यस्तै यसअघि नै संक्रमण देखिएकामध्ये वीरगञ्जमा २७, राजविराजमा १, विराटनगरमा १९,रुपन्देहीमा २८, भरतपुरमा १, नेपालगञ्जमा २४ र र वर्दियामा १ जना गरी १ सय ३ जना आइसोलेसन रहेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ परीक्षण भएको छ । यस्तै गत २४ घण्टामा थप २ हजार २ सय ३६ वटा नमूना परीक्षण भएको छ ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार विभिन्न प्रदेशमा संक्रमित र आशंका गरीएका व्यक्ति सहित २ सय २८ जना रहेका छन् ।

प्रवक्ता डा देवकोटालेअनुसार काठमाडौं उपत्यकामा १ जना र उपत्यका बाहिर २ सय २७ जना आइसोलेसनमा रहेका छन् । उनका अनुसार प्रदेश १ मा २५ जना आइसोलेसनमा रहेका छन् । जसमध्ये १९ जना संक्रमित र ६ जना आशंका गरिएका बिरामी रहेका छन् ।

यस्तै प्रदेश २ मा ८० जना आइसोलेसनमा रहेका छन् जसमध्ये संक्रमित ६८ र आशंका गरीएका १२ जना छन् । यस्तै बागमती प्रदेशमा २५ जना आइसोलेसनमा रहेका छन् जसमध्ये आशंका गरिएका २४ र एकजना संक्रमित छन् । यस्तै प्रदेश नम्बर ५ मा ९८ जना आइसोलेसमा रहेकोमा २८ जना आशंका गरीएका र ७० जना संक्रमित रहेका छन् ।

यस्तै देशभरका क्वारेन्टाइमा १२ हजार ७ सय ८५ जना रहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : ४१ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं