अर्थमन्त्रीलाई गगन थापाको प्रश्न– विदेशबाट फर्किने युवाका लागि ठोस योजना खै ? | Khabarhub Khabarhub

अर्थमन्त्रीलाई गगन थापाको प्रश्न– विदेशबाट फर्किने युवाका लागि ठोस योजना खै ?


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले कोरोनाका कारण सिर्जित अवसरलाई उपयोग गर्ने संकल्प, साहस र सृजनात्मकता सरकारले देखाउन नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रि–बजेट छलफलमा भाग लिँदै थापाले अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको प्रस्तावमा नयाँपन केही नभेटिएको बताए ।

नवप्रबद्र्धनको मौका, डिजिटल गराउने असरतर्फ पनि सरकारको पट्क्कै ध्यान नभएको थापाको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाले करको दायर बढाउने पुरानै सिद्धान्तलाई आधार मानेको भन्दै उनले सार्वजनिक खर्च घटाउने यस्तो अवसर आउदा पनि अर्थमन्त्रीले साहस गर्न नसकेको टिप्पणी गरे ।
विदेशबाट फर्किन लागेका र स्वदेशमै पनि बेरोजगार भएका लाखौ नेपालीका लागि कुनै ठोस योजना ल्याउने छाँटकाट नदेखाएको भन्दै थापाले अर्थमन्त्री खतिवडाको आलोचना गरे ।

थापाले भने, ‘लाखौं मानिस स्वदेश आउँदैछन्, उनीहरुको बारेमा कुनै चिन्ता अर्थमन्त्रीमा देखिएन ।’

कोरोनापछि कृषि र साना उद्योगहरुलाई प्राथमिकता दिनुपर्छ भनेको मात्रै सुनेको तर शिक्षा र स्वास्थ्यको राम्रो व्यवस्था नगर्दासम्म गाउँमा रहेकाहरुलाई गाउमै टिकाउन सकिन्न भन्ने तर्फ कसैको ध्यान नगएको उनले बताए ।

हरेक गाउँ गाउँमा कस्तो अस्पताल बनाउनु पर्छ, कस्तो आवश्यकता छ भन्ने लगायतको सम्पूर्ण योजना सहितको अध्ययन प्रतिवेदन २०७४ सालदेखि स्वास्थ्य मन्त्रालयमा थन्किएको तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

धेरै विद्धान र विज्ञहरुले धेरै मेहनेत गरेर बनाएको प्रतिवेदनलाई सरकारले एक पल्ट पनि पल्टाउने चेष्टा नगरेको भन्दै उनले दुःख समेत व्यक्त गरे ।

नेपालका उद्योगहरुलाई निजिकरण गरिएको भन्दै विगतमा चर्को विरोध गर्ने सत्तारुढ दललाई अहिले सार्वजनिक उद्योगहरु खोल्न पनि उनले चुनौति दिए ।

छलफलका लागि पेश गरिएको प्रस्ताव निवन्ध जस्तो भएको टिप्पणी गर्दै उनले अर्थमन्त्री खतिवडाले सांसदहरुलाई हेपेको आरोप समेत लगाए ।

‘नयाँ बजेट बनाउँदा अहिलेको अवस्थाका बारेमा केही न केही तथ्यांकहरु प्रस्तुत गर्नुपर्दछ र त्यसका आधारमा सैद्धान्तीक छलफल गर्नु पर्ने हो, तर उहाँले सांसदहरुलाई केही थाहा छैन भन्ने ठानेर निवन्धजस्तो लेख्नु भएको छ,’ उनले भने ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : ५७ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको