इलाममा भएको आगलागीको घटनाप्रति पूर्वप्रधानमन्त्री खनालद्वारा दुःख व्यक्त « Khabarhub

इलाममा भएको आगलागीको घटनाप्रति पूर्वप्रधानमन्त्री खनालद्वारा दुःख व्यक्त


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार राति इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारेमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

इलाम क्षेत्र नं १ का सङ्घीय सांसद खनालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगलागीबाट क्षति पुगेकाहरुलाई तत्काल राहत जुटाउन र यथाशक्य सहयोग गर्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता खनालले पीडित परिवारलाई तत्काल उचित बसोबासको व्यवस्थाका साथै राहतको प्रबन्ध मिलाउन स्थानीय तह र सरोकार निकायलाई अनुरोध गरेका छन् ।

यसैबीच माईजोगमाई गाउँपालिकाले पीडित परिवारका लागि रु ५० हजार सहयोग गर्ने भएको छ । आगलागीबाट तीन घर जलेर पूर्ण नष्ट भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ५ : ५० बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।