ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द « Khabarhub

ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- खजुरा गाउँपालिका–७ सोनपुरस्थित स्वास्थ्यचौकीमा ताला लगाइएको छ ।

स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द गरिएको हो । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि यसअघि स्वास्थ्यकर्मी र कर्मचारीले प्रहरीसँग सुरक्षा माग गरेका थिए ।

उनीहरुले कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्नेसम्मको धम्की दिएको र कार्यालयमा आई कर्मचारीमाथि अभद्र व्यवहार गरेको स्वास्थ्यचौकी इञ्चार्ज सुदीप पौडेलले बताए ।

कार्यालय परिसरमै आएर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ज्यान मार्ने धम्की दिएपछि आजदेखि स्वास्थ्यचौकी बन्द गरिएको छ ।

कार्यालय परिसरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वातावरण नभएकाले सुरक्षाको प्रत्याभूति दिलाउन धम्की दिनेमाथि कानूनी कारवाही गर्न यसअघि इलाका प्रहरी कार्यालय धनौलीमा लिखित निवेदन दिइएको थियो । चौकी इञ्चार्ज पौडेलका अनुसार स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई स्वास्थ्यचौकी मै जन्मेको प्रमाणीकरण गरिदिन दवाब दिएपछि उक्त दवाब आफूले अस्वीकार गर्दा भाटसहितका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् ।

वैशाख २६ गते स्वास्थ्यचौकीमा प्रसूति गराउन आएकी रफी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले सुत्केरी व्यथा नलागेको भन्दै घर फर्काएका थिए । घरमै सुत्केरी भए पनि स्वास्थ्यचौकीमै शिशु जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनको समूहले कार्यालयमा आएर कर्मचारीमाथि दुर्व्यवहार गर्नाका साथै ज्यान मार्ने धम्की दिएको थियो ।

कोरोना भाइरसको संक्रमणका आशंकामा स्वास्थ्यकर्मीले धमाधम स्वाब संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित भएको छ । इप्रका धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक प्रहरी पोषणराज थपलियाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : ४६ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता