बन्दुकधारीद्वारा अस्पतालमा आक्रमण, नवजात शिशुसहित १४ मारिए « Khabarhub

बन्दुकधारीद्वारा अस्पतालमा आक्रमण, नवजात शिशुसहित १४ मारिए


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान- अफगानिस्तानको राजधानी काबुलस्थित एउटा अस्पतालमा भएको आक्रमणमा दुई जना शिशुसहित १४ जनाको मारिएका छन्। उक्त आक्रमणमा थप १५ जना घाइते भएको जनाइएको छ।

शृङ्खलाबद्ध बम विस्फोटनबाट सुरू भएको हमलामा पछि बन्दुक आक्रमण गरिएको  जनाइएको छ ।

हमलाको समयमा अस्पतालबाट भाग्न सफल भएका एक जना चिकित्सकले बीबीसीलाई त्यसबेला चिकित्सक र नर्ससहित १ सय ४० जना जति अस्पतालमा रहेको जानकारी दिए।

हमलामा परेको अस्पतालको प्रसूति गृह अन्तर्राष्ट्रिय परोपकारी संस्था मेदसाँ सं फ्रँतिए (एमएसएफ)ले सञ्चालन गर्दै आएको छ।

त्यहाँ कतिपय विदेशी पनि कार्यरत रहेको जनाइएको छ । एमएसएफका कर्मचारीहरूले प्रयोग गर्ने अतिथि गृहलाई पनि हमलाकारीले निशाना बनाएको हुनसक्ने बताइएको छ।

अफगान विशेष फौजले तीन विदेशीसहित १०० जना महिला र बालबालिकालाई उद्धार गरेको एक जना अधिकारीले बीबीसीलाई बताएका छन्।

संयुक्त राज्य अमेरिकासँग दुई महिना भन्दाअघि सैनिक फिर्तीबारे सम्झौता गरेको तालिबानले उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको छ।

बन्दुकधारीको अर्को समूहले काबुलमा मङ्गलवार गरेको अर्को आक्रमणमा थप १५ जना घाइते भएका छन्।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ०५ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला