रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भए, अस्पतालबाट डिस्चार्ज « Khabarhub

रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भए, अस्पतालबाट डिस्चार्ज


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भएर अस्पतालबाट डिस्चार्ज  भएका छन्। बुटवलको कोरोना विशेष अस्पतालमा रहेका उनी कोरोनामुक्त भइ मंगलबार साँज डिस्चार्ज भएका छन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका-१ का २५ वर्षे युवामा १३ दिनअघि काठमाडौंको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

अस्पतालले पुनर्परीक्षणका लागि उनको स्वाब प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो । प्रयोगशालाले नेगेटिभ नतिजा देखाएपछि उनलाई मंगलबार डिस्चार्ज गरिएको अस्पतालका मेसु राजेन्द्र खनालले बताए ।

उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । उनी अब एक साता होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ३३ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी