रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भए, अस्पतालबाट डिस्चार्ज « Khabarhub

रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भए, अस्पतालबाट डिस्चार्ज


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भएर अस्पतालबाट डिस्चार्ज  भएका छन्। बुटवलको कोरोना विशेष अस्पतालमा रहेका उनी कोरोनामुक्त भइ मंगलबार साँज डिस्चार्ज भएका छन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका-१ का २५ वर्षे युवामा १३ दिनअघि काठमाडौंको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

अस्पतालले पुनर्परीक्षणका लागि उनको स्वाब प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो । प्रयोगशालाले नेगेटिभ नतिजा देखाएपछि उनलाई मंगलबार डिस्चार्ज गरिएको अस्पतालका मेसु राजेन्द्र खनालले बताए ।

उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । उनी अब एक साता होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ३३ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता