सगरमाथाबारे भ्रम फैलाएको भन्दै बाराका युवाहरुद्वारा चीनविरुद्ध प्रदर्शन « Khabarhub

सगरमाथाबारे भ्रम फैलाएको भन्दै बाराका युवाहरुद्वारा चीनविरुद्ध प्रदर्शन


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च शिखर सगरमाथाबारे चिनियाँ मिडियाले भ्रम छरेको भन्दै बाराका युवाहरुले चीनविरुद्ध प्रदर्शन गरेका छन् ।

बाराका स्थानीय युवाहरु मंगलबार राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएका हुन । उनीहरुले चीन विरोधी नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्दा समेत दहन गरे । ‘गो ब्याक चाइना’ लेखिएका प्ले कार्डसहित उनीहरु चीनविरूद्ध प्रदर्शन गरेका हुन् ।

२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटरमा चोमोलोङमाको चुचुरोमाथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो ।

सो विषयलाई लिएर उनीहरुले विरोध जनाएका हुन् । यही विषयमा नेपालीहरुले सामाजिक सञ्चालमा चीनको विरोध जनाइरहेका छन् । गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिएका छन् ।

 

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : ३९ बजे

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन