राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्टको पीसीआर विधिबाट कोरोना परीक्षण « Khabarhub

राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्टको पीसीआर विधिबाट कोरोना परीक्षण


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्टहरुको पीसीआर विधिबाट कोभिड–१९ परीक्षण भएको छ ।

संघीय संसदमा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उनीहरुको पीसीआर विधिबाट परीक्षण गरिएको हो ।

संसद् सचिवालयबाट प्राप्त जानकारीअनुसार राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित ३७, उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुनसहित ६४ र प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित १० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको हो ।

उक्त समारोहमा सहभागी हुन आउने मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि स्वास्थ्य परीक्षण भएको छ ।

कोभिड–१९ का कारण सङ्घीय संसद्मा सार्वजनिक गरिने नीति तथा कार्यक्रममा सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थाका कारण यसपालि संवैधानिक निकायका प्रमुखलाई मात्र आमन्त्रण गरिएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

उक्त समारोहमा सहभागी हुन आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । कोभिड–१९ को जोखिमका कारण उक्त समारोहमा यस पटक नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई भने आमन्त्रण नगरिने बुझिएको छ । सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, सांसद, कर्मचारी तथा सुरक्षाकर्मीसहित ७११ जनाको नयाँ बानेश्वरस्थित संसद् भवनमा यसअघि नै स्वास्थ्य परीक्षण भइसकेको छ ।

परीक्षण गर्न बाँकी सांसदलाई टेकुस्थित राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा गएर पिसिआर परीक्षण गराउन सचिवालयले आग्रह गरेको छ ।

यसैबीच स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर सदन नभएका समयमा काठमाडौँ उपत्यका बाहिर नजान सांसदलाई सचिवालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : ०७ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।