राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्टको पीसीआर विधिबाट कोरोना परीक्षण « Khabarhub

राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्टको पीसीआर विधिबाट कोरोना परीक्षण


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्टहरुको पीसीआर विधिबाट कोभिड–१९ परीक्षण भएको छ ।

संघीय संसदमा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उनीहरुको पीसीआर विधिबाट परीक्षण गरिएको हो ।

संसद् सचिवालयबाट प्राप्त जानकारीअनुसार राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित ३७, उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुनसहित ६४ र प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित १० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको हो ।

उक्त समारोहमा सहभागी हुन आउने मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि स्वास्थ्य परीक्षण भएको छ ।

कोभिड–१९ का कारण सङ्घीय संसद्मा सार्वजनिक गरिने नीति तथा कार्यक्रममा सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थाका कारण यसपालि संवैधानिक निकायका प्रमुखलाई मात्र आमन्त्रण गरिएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

उक्त समारोहमा सहभागी हुन आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । कोभिड–१९ को जोखिमका कारण उक्त समारोहमा यस पटक नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई भने आमन्त्रण नगरिने बुझिएको छ । सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, सांसद, कर्मचारी तथा सुरक्षाकर्मीसहित ७११ जनाको नयाँ बानेश्वरस्थित संसद् भवनमा यसअघि नै स्वास्थ्य परीक्षण भइसकेको छ ।

परीक्षण गर्न बाँकी सांसदलाई टेकुस्थित राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा गएर पिसिआर परीक्षण गराउन सचिवालयले आग्रह गरेको छ ।

यसैबीच स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर सदन नभएका समयमा काठमाडौँ उपत्यका बाहिर नजान सांसदलाई सचिवालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : ०७ बजे

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार