सीमामा रहेका नेपालीलाई सुरक्षित भित्र्याउन माग | Khabarhub Khabarhub

सीमामा रहेका नेपालीलाई सुरक्षित भित्र्याउन माग


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित तरिकाले स्वदेश भित्र्याउन नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का राजनीतिक दलले माग गरेका छन् ।

स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने गरी नेपाल ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।

भारतमा लकडाउन खुकुलो भएसँगै रोजगारीका लागि गएका नेपाली फर्किने क्रम बढेको छ । अहिले पनि जिल्लाको नेपाल–भारत सीमा नाकाको दशगजा क्षेत्रमा करीब १०० नेपाली छन् ।

सीमासम्म आएका नेपाली नागरिक लुकिछिपी घर जाँदा सङ्क्रमणको उच्च जोखिम हुने भएकाले सुरक्षित तरिकाले उनीहरुको व्यवस्थापनका लागि सरकारले तत्काल उचित निर्णय लिनुपर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष भविश्वर तिवारीले बताए ।

जिल्लाका राजनीतिक दलले नेपाल–भारत सीमा क्षेत्र र जिल्लाका क्वारेन्टाइनको स्थलगत अनुगमन गरेका थिए ।

अनुगमनकक्रममा धेरै नेपाली दशगजामा आएर अलपत्र परेको देखेपछि राजनीतिक दलले उनीहरुलाई सुरक्षित तरिकाले भित्र्याएर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन माग गरेका हुन् ।

कोरोना नियन्त्रणका सन्दर्भमा नेपाल–भारतबीच दुवै देशका नागरिकलाई सोही ठाउँमै व्यवस्थापन गर्ने सहमति रहे पनि अहिले भारतबाट उक्त सहमतिको उल्लङ्घन भएकाले सरकारले यस विषयमा तत्कालै ठोस निर्णय लिनुपर्ने नेपाली काङ्ग्रेसका जिल्ला सहसभापति सुवासचन्द्र गिरीले बताए ।

नेपाली स्वदेश फर्कने सङ्ख्या अब बढ्दै जाने देखिएकाले क्वारेन्टाइनको सङ्ख्या थप गर्ने र महामारीको रुप लिनुभन्दा पहिले नै स्थानीय तहले पूर्वतयारीलाई व्यापक बनाउनुपर्ने जनता समाजवादी पार्टीका नेता धरेन्द्र यादवको सुझाव छ ।

जिल्लाका भुजहवा, झुलनीपुर, बलिनगरलगायत नाकामा भारतका गुजरात, अहमदावादलगायत स्थानबाट आएका नेपाली छन् ।

उनीहरुले आफूहरु क्वारेन्टाइनमा बस्न तयार रहेको जनाउँदै तर स्वदेश फर्कने वातावरण बनाइदिन राजनीतिक दलसँग माग गरेका थिए ।

राजनीतिक दल, स्थानीय सरकार, जिल्ला प्रशासन तथा सुरक्षाकर्मीको सर्वदलीय बैठक बसेर सो विषयमा आवश्यक छलफल गरी सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउने तयारी भएको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले बताए ।

पश्चिम नवलपरासीमा २८ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : ३० बजे

वैदेशिक रोजगारीमा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख ठगी

सैफअली खान अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं– बलिउड अभिनेता सैफ अली खान लीलावती अस्पतालबाट डिस्चार्ज भएका

ट्रम्पका १० घोषणा : तेस्रो लिङ्गीको मान्यता खारेज, अवैध आप्रवासीलाई आपत्, अरु देशमाथि कर थोपर्ने

वासिङ्गट- अमेरिकाको ४७ औँ राष्ट्रपतिको शपथ लिएलगत्तै डोनाल्ड ट्रम्पले कयौँ

मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

खाँदबारी– यहाँको खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा

आगन्तुकको रोजाइमा बागलुङको स्थानीय उत्पादन

गलकोट– बागलुङलाई गन्तव्य बनाएर अवलोकन भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि