कोरोना भाइरसले विश्वभर ७५ लाख ८३ हजारभन्दा बढी संक्रमित, ४ लाख २३ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरसले विश्वभर ७५ लाख ८३ हजारभन्दा बढी संक्रमित, ४ लाख २३ हजारको मृत्यु


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २३ हजार ८२ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७५ लाख ८३ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३६ हजार ३७७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७५ लाख ८३ हजार ५२१ पुगेको छ ।

३३ लाख २७ हजार २७३ जनाको उपचार भइरहेकोमा ५३ हजार ८७६ जनाको अवस्था गम्भीर छ । ३८ लाख ३३ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ८१ हजार ४५८ जनाको मृत्यु भएको छ ।

२१ लाख ५६ हजार १४६ जना संक्रमित भएकोमा ११ लाख ३४ हजार ४९० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४१ हजार ३४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ८६ हजार १७४ पुगेको छ । त्यसमध्ये ९ लाख ९८ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३७ हजार ९०० जनाको मृत्यु भएको छ । १४ लाख ९९ हजार ३३६ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५७४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५६ हजार ३७३ जनाको मृत्यु भएको छ । १३ लाख १२ हजार ९८२ जना संक्रमित भएकोमा ६ लाख ७८ हजार २६९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ८६८ जनाको ज्यान गएको छ भने २ लाख १९ हजार २६६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ६६५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८९६ जना संक्रमित भएकोमा ८ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ६ : ०६ बजे

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान

जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयो : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा