आजको मौसम : बिहान सामान्य बदली, दिउँसो पानी पर्ने « Khabarhub

आजको मौसम : बिहान सामान्य बदली, दिउँसो पानी पर्ने


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मुलुकका बिभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ ।

नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व – पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश ५ बाहेकका सबै प्रदेशमा सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश ५ को मौसम सफा रहेको छ ।

दिउँसो प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली रहनेछ ।

महाशाखाका अनुसार दिउँसो नै उक्त बदलीपछि प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ६ : ४७ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका