आजको मौसम : बिहान सामान्य बदली, दिउँसो पानी पर्ने « Khabarhub

आजको मौसम : बिहान सामान्य बदली, दिउँसो पानी पर्ने


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मुलुकका बिभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ ।

नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व – पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश ५ बाहेकका सबै प्रदेशमा सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश ५ को मौसम सफा रहेको छ ।

दिउँसो प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली रहनेछ ।

महाशाखाका अनुसार दिउँसो नै उक्त बदलीपछि प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ६ : ४७ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी