बलिउडमा सफल हुन नसकेका फिल्मी घरानाका यी ७ कलाकार « Khabarhub

बलिउडमा सफल हुन नसकेका फिल्मी घरानाका यी ७ कलाकार


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिल्म इन्डस्ट्रीमा सफलता पाउन कैयौं फर्मुलाहरु रहेका छन् । लुक्स, ट्यालेण्ट, शरीर, पर्सनालिटिलाई फिल्मी क्षेत्रमा अहम मानिन्छ ।

तर कैयौं पटक यी सबै क्वालिटि भएर पनि केहि ब्यक्तिले फिल्मी क्षेत्रमा सफलता पाउदैनन् । यी क्वालिटि भएर पनि केहि स्टारको करीयर अघि बढ्न सक्दैन । भाग्य र राम्रो प्रोजेक्ट भएर पनि केहि कलाकार सफल हुन सक्दैनन ।

यसमा अधिकतम बलिउडका कलाकार र त्यसमा पनि फिल्मी घरानाका स्टारहरु रहने गरेका छन् । फिल्मी घरानाका अधिकतम कलाकार आफ्नो अभिभावकको जस्तो नेम र फेम मिल्दैन । आज हामी बलिउडका यस्तै केहि कलाकारका बारेमा चर्चा गर्नेछौ ।

१. बवि देवल

ब्लिउडका दिग्गज अभिनेता धर्मेन्द्रका छोरा बवि देवलले पनि बलिउडमा चर्चाका सफल अभिनेता हुन सकेनन् ।

दाजु सन्नि देवलको तुलनामा उनले राम्रो प्रोजेक्ट वा फिल्म नपाएका भने होइन तर उनको फिल्मी करियर फ्लप रह्यो । आजकल उनी सहायक रोल गर्दछन् ।

२. संजय कपुर

बलिउडका चर्चिच फिल्म प्रोड्यूसर सुरेन्द्र कपुरका छोरा संजय कपुर पनि बलिउडमा नचेलेका अभिनेता मानिन्छन् । संजयका दाजुभाइ बोनी कपुर र अनिल कपुरले बलिउडमा राम्रो सफलता पाए ।

श्रीदेवीका पति बोनी सफल प्रोड्यूसर मानिन्छन् भने अभिनय जगतमा सफल अनिलका लगभग फिल्म हिट छन् । तर संजय भने आफ्ना पिता र दाजुभाइको तुलनामा फ्लप रहे ।

३. सिकन्दर खेर

किरण खेरका छोरा सिकन्दर खेर आज पनि आफ्नो पहिचान बनाउन बलिउडमा संर्घषरत छन् । ट्यालेन्ट भएर पनि सिकन्दर आमा किरण र पिता अनुपम खेर जस्तो सफल हुन सकेनन् ।

उनले कैयौ फिल्ममा अहम भुमिका निभाए तर उनले चर्चा भने पाउन सकेनन् ।

४. सोहा अली खान

आफ्नो जमानाकी चर्चित बलिउड हस्ती शर्मिला टैगोरकी छोरी सोहा अली खानले समेत बलिउडमा सफल रहन सकिनन् । उनले कैयौं बलिउड फिल्ममा काम गरिन् । केहि फिल्ममा लिड रोलमा समेत देखा परिन् तर दर्शकले उनलाई आमा झै रुचाउन सकेनन् ।

५. प्रतीक बब्बर

प्रतीक बब्बर दिग्गज कलाकार स्मिता पाटिल र राज बब्बरका छोरा हुन् । आफ्नो समयमा अव्वल कलाकार मानिने स्मिता र राजको तुलनामा प्रतिक अहिलेसम्म बलिउडमा स्थापित हुन सकेनन् ।

कैयौं फिल्म पश्चात अहिले उनी वेब सिरिजमा देखा पर्न थालेका छन् । गुड लुक्स र ट्यालेन्ट भएर पनि प्रतीक सफल हुन सकेनन् ।

६. जैकी भगनानी

बलिउडका दिग्गजफिल्म निर्माता वासु भगनानीका छोरा ज्याकि भगनानीले सन् २००९मा फिल्म कल किसने देखाबाट डेब्यु गरे । तर उनको फिल्म फ्लप रह्यो । यसपछि उनले फिल्म फाल्तुमा काम गरे त्यस पश्चात केहि चर्चामा रहे ।

उनको अभिनय निखारीदै गयो । तथापि उनले बलिउडमा राम्रो छाप छोड्न र सफल हुन भने सकेनन् ।

Bollywood’s Forgotten Stars: 10 Interesting facts about ‘Love Story’ fame Kumar Gaurav

७.कुमार गौरव

बलिउडका चर्चित कलाकार राजेन्द्र कुमारका छोरा कुमार गौरव बलिउडमा डेब्यु गर्दा सबैले उनी लामो रेसको घोडा हुने अनुमान गरेका थिए ।

हुनत उनले शुरुवातमा कैयौं हिट फिल्म नदिएका भने होइनन् । तर कालान्तरमा यी चकलेटी हिरो गुमनाम बने ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १० : ३८ बजे

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ– सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर