बलिउडमा सफल हुन नसकेका फिल्मी घरानाका यी ७ कलाकार | Khabarhub Khabarhub

बलिउडमा सफल हुन नसकेका फिल्मी घरानाका यी ७ कलाकार


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिल्म इन्डस्ट्रीमा सफलता पाउन कैयौं फर्मुलाहरु रहेका छन् । लुक्स, ट्यालेण्ट, शरीर, पर्सनालिटिलाई फिल्मी क्षेत्रमा अहम मानिन्छ ।

तर कैयौं पटक यी सबै क्वालिटि भएर पनि केहि ब्यक्तिले फिल्मी क्षेत्रमा सफलता पाउदैनन् । यी क्वालिटि भएर पनि केहि स्टारको करीयर अघि बढ्न सक्दैन । भाग्य र राम्रो प्रोजेक्ट भएर पनि केहि कलाकार सफल हुन सक्दैनन ।

यसमा अधिकतम बलिउडका कलाकार र त्यसमा पनि फिल्मी घरानाका स्टारहरु रहने गरेका छन् । फिल्मी घरानाका अधिकतम कलाकार आफ्नो अभिभावकको जस्तो नेम र फेम मिल्दैन । आज हामी बलिउडका यस्तै केहि कलाकारका बारेमा चर्चा गर्नेछौ ।

१. बवि देवल

ब्लिउडका दिग्गज अभिनेता धर्मेन्द्रका छोरा बवि देवलले पनि बलिउडमा चर्चाका सफल अभिनेता हुन सकेनन् ।

दाजु सन्नि देवलको तुलनामा उनले राम्रो प्रोजेक्ट वा फिल्म नपाएका भने होइन तर उनको फिल्मी करियर फ्लप रह्यो । आजकल उनी सहायक रोल गर्दछन् ।

२. संजय कपुर

बलिउडका चर्चिच फिल्म प्रोड्यूसर सुरेन्द्र कपुरका छोरा संजय कपुर पनि बलिउडमा नचेलेका अभिनेता मानिन्छन् । संजयका दाजुभाइ बोनी कपुर र अनिल कपुरले बलिउडमा राम्रो सफलता पाए ।

श्रीदेवीका पति बोनी सफल प्रोड्यूसर मानिन्छन् भने अभिनय जगतमा सफल अनिलका लगभग फिल्म हिट छन् । तर संजय भने आफ्ना पिता र दाजुभाइको तुलनामा फ्लप रहे ।

३. सिकन्दर खेर

किरण खेरका छोरा सिकन्दर खेर आज पनि आफ्नो पहिचान बनाउन बलिउडमा संर्घषरत छन् । ट्यालेन्ट भएर पनि सिकन्दर आमा किरण र पिता अनुपम खेर जस्तो सफल हुन सकेनन् ।

उनले कैयौ फिल्ममा अहम भुमिका निभाए तर उनले चर्चा भने पाउन सकेनन् ।

४. सोहा अली खान

आफ्नो जमानाकी चर्चित बलिउड हस्ती शर्मिला टैगोरकी छोरी सोहा अली खानले समेत बलिउडमा सफल रहन सकिनन् । उनले कैयौं बलिउड फिल्ममा काम गरिन् । केहि फिल्ममा लिड रोलमा समेत देखा परिन् तर दर्शकले उनलाई आमा झै रुचाउन सकेनन् ।

५. प्रतीक बब्बर

प्रतीक बब्बर दिग्गज कलाकार स्मिता पाटिल र राज बब्बरका छोरा हुन् । आफ्नो समयमा अव्वल कलाकार मानिने स्मिता र राजको तुलनामा प्रतिक अहिलेसम्म बलिउडमा स्थापित हुन सकेनन् ।

कैयौं फिल्म पश्चात अहिले उनी वेब सिरिजमा देखा पर्न थालेका छन् । गुड लुक्स र ट्यालेन्ट भएर पनि प्रतीक सफल हुन सकेनन् ।

६. जैकी भगनानी

बलिउडका दिग्गजफिल्म निर्माता वासु भगनानीका छोरा ज्याकि भगनानीले सन् २००९मा फिल्म कल किसने देखाबाट डेब्यु गरे । तर उनको फिल्म फ्लप रह्यो । यसपछि उनले फिल्म फाल्तुमा काम गरे त्यस पश्चात केहि चर्चामा रहे ।

उनको अभिनय निखारीदै गयो । तथापि उनले बलिउडमा राम्रो छाप छोड्न र सफल हुन भने सकेनन् ।

Bollywood’s Forgotten Stars: 10 Interesting facts about ‘Love Story’ fame Kumar Gaurav

७.कुमार गौरव

बलिउडका चर्चित कलाकार राजेन्द्र कुमारका छोरा कुमार गौरव बलिउडमा डेब्यु गर्दा सबैले उनी लामो रेसको घोडा हुने अनुमान गरेका थिए ।

हुनत उनले शुरुवातमा कैयौं हिट फिल्म नदिएका भने होइनन् । तर कालान्तरमा यी चकलेटी हिरो गुमनाम बने ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १० : ३८ बजे

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार संगठन

सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको

तनहुँका २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

तनहुँ– तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ ।

अध्यादेश ल्याएर भए पनि सहकारीकाे पैसा फिर्ता गर्छु : गृहमन्त्री

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको

बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको