कोरोनाबाट बितेको २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरैको मृत्यु « Khabarhub

कोरोनाबाट बितेको २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरैको मृत्यु


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख २३ हजार ८४६ जनाको मृत्यु भईसकेको छ भने ७५ लाख ९७ हजार ४२६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३८ लाख ४१ हजार ९४३ जना स्वास्थ्यपचार पछि निको भएका छन् भने ५३ हजार ८९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५०१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९८ हजार २८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४६ हजार ९७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा बिहीवार मात्रै ११ हजार १२८ जना नयाँ संक्रमित थपिएका छन् भने ३९४ जनाको मृत्यु भएको छ । यो संख्या भारतमा एकैदिन मृत्यु भएकाको अहिसम्मकै धेरै संख्या हो ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ११ : १४ बजे

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग

बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव

काठमाडौं– पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ