कान्ति बाल अस्पतालमा ओपिडीको टिकट लिन लाइन बस्न नपर्ने « Khabarhub

कान्ति बाल अस्पतालमा ओपिडीको टिकट लिन लाइन बस्न नपर्ने


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए ।

एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने उनले बताए । “घण्टौँ लाइनमा बस्नुपथ्र्यो, अब यसले त्यो समस्या हटाउने निश्चित छ”, उनले भने, “यो सेवा चर्चा पाउनेसम्मका लागि सीमित बन्नु हुँदैन, यो सेवालाई निरन्तरता दिनसक्नु पर्छ ।” अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने उनको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज राउतले विस्तारै सवै सेवा प्रविधिको प्रयोग गरी गर्नुपर्नेमा जोड दिए । उपभोक्ताले पनि सकभर प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । सो मन्त्रालयका सचिव लक्ष्मण अर्यालले एप्सको प्रयोगबाट कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा मद्दत पुग्ने विश्वास व्यक्त गरे । एप्स ल्याइसकेपछि सर्वसाधारणलाई यसको प्रयोगबारे नियमितरुपमा जानकारी गराउनुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललले एप्सको प्रयोग तथा अस्पतालको अवस्थाबारे जानकारी गराए। उनका अनुसार घरबाटै एप्सको प्रयोग गरी टिकट लिन सक्ने तथा सोझै अस्पताल पुगी चिकित्सककहाँ गएर अभिभावकले आफ्ना बालबालिकाको उपचार गराउन सकिने बताए ।

उपभोक्ताले सो एप्समार्फत दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म टिकट घरबाटै काट्न सक्नेछन् । यसका लागि दर्ता शुल्क रु ५० लाग्ने व्यवस्था गरिएको छ । यसमा उपभोक्ताले वर्षभरि अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  २ : ११ बजे

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको